Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा ६९ हजारमा एकै दिन कोरोना संक्रमण

एजेन्सी । कोरोना कहरको सबैभन्दा प्रभावित मुलुक अमेरिकामा एकै ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ। यस्तै एकै दिन १ हजार १५० जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७९ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ४३ हजार ४१ जनामध्ये १९ हजार १५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।