Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वासिङ्टन – अमेरिका र इरानबीच जारी तनाव तथा सैन्य द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित दुवै देशले एक समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा उक्त समझदारीको पुष्टि गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले डिजिटल माध्यमबाट दस्तावेजमा हस्ताक्षर गरेको जनाइएको छ। समझदारी कार्यान्वयनमा आएसँगै अमेरिका तथा उसका सहयोगी इस्रायल र इरानबीचको सैन्य तनाव कम हुने अपेक्षा गरिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईका अनुसार दस्तावेजमा डिजिटल हस्ताक्षर सम्पन्न भइसकेकाले स्विट्जरल्यान्डको जेनेभामा शुक्रबार हुने भनिएको बैठकमा भौतिक हस्ताक्षर समारोह आयोजना गरिने छैन। बैठकमा भने दुवै पक्षका प्रतिनिधिहरू सहभागी हुनेछन्।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ६० दिनलाई वार्ताका लागि महत्वपूर्ण अवधि भने पनि त्यसलाई अन्तिम समयसीमा नमानिएको स्पष्ट पारेका छन्। उक्त अवधिभित्र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा दुवै देशबीच विस्तृत र दीर्घकालीन सम्झौतामा पुग्ने प्रयास गरिनेछ।
तर, ट्रम्पले समझदारीको पालना नभए वा वार्ताले अपेक्षित निष्कर्ष नदिए पुनः सैन्य कारबाही हुन सक्ने चेतावनीसमेत दिएका छन्।
सम्झौताको अर्को महत्वपूर्ण पक्ष इरानको पुनर्निर्माणसँग सम्बन्धित छ। प्रारम्भिक प्रस्तावअनुसार युद्धबाट प्रभावित पूर्वाधार तथा संरचनाको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको विशेष कोष स्थापना गर्ने योजना अघि सारिएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार उक्त कोषमा इरानका छिमेकी तथा क्षेत्रीय साझेदार राष्ट्रहरूले योगदान गर्नेछन्। प्राप्त रकम सडक, ऊर्जा, सञ्चार तथा अन्य अत्यावश्यक पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।
इरानले पनि क्षेत्रीय साझेदारबाट ठूलो मात्रामा लगानी भित्रिने अपेक्षा गरेको र त्यसको एक हिस्सा पुनर्निर्माणमा प्रयोग गरिने पुष्टि गरेको छ।
२०८३ असार ४
ताजा नेपाल
२०८३ असार ४
ताजा नेपाल
२०८३ असार ४
ताजा नेपाल