Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । अमेरिकी नागरिक भए पनि नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस् । उनले कम्तीमा दुई मिटर सामाजिक दूरी कायम राख्न र राम्रो भेन्टिलेसन नभएका तथा भिडभाड भएका क्षेत्रमा नजान पनि सुझाव दिएका छन् । नेपालमा कोभिड–१९ को संख्या निरन्तर बढ्दै गएको अवस्थामा हामी सबैले जिम्मेवार हुन अति जरुरी छ, ट्वीटमा उनले भनेका छन्, आफू र आफन्तहरुको ख्याल राख्नुहोस् ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल