Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रु ९४ करोड ८८ लाख ३५ हजार ३ सय ४९ राजश्व संकलन गरेको नेपालप्रहरीले अफ्नो संगठानिक सुधारलाई अग्रता दिएको बताइएको छ । आईजीपी सर्वेन्द्र खनालले आफूले शुरु गरेको ‘हर प्रहार गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरीु अभियानले ५३ लाख २१ हजार ३ सय ४१ जनासँग सम्पर्क विस्तार गर्न सफल भएको बताएका छन् । यो अवधिमा अपराध नियन्त्रण गर्न सहज पुग्ने गरी देशका शहरी क्षेत्रमा २ हजार १ सय ५४ सिसिटिभी जडान गरिएको छ । काठमाडौं महानगरले मात्र ५ करोड २१ लाख यसका लागि खर्च गरेको छ । ७ सय ५३ स्थानीय तहमा २१ हजार ७ सय ११ समिति बनेका छन् । अभियानमा १७ हजार ८ सय ६२ शिक्षक ३ लाख २६ हजार ५ सय ६४ विद्यार्थी जोडिएका छन् । आईजीपी खनाल आफैं सहभागी पत्रकार अन्तरक्रियामा प्रहरीले गरेका कामको फेरिस्त प्रस्तुत गरिएको थियो । त्यहीं एआईजी ठूले लाई, प्रवक्ता विश्व पोखरेल लगायत वरिष्ठ प्रहरी अधिकारीहरू सहभागी थिए । ७५ हजार ९ सय २७ जना जनशक्ति रहे पनि ६४ हजार ३ सय २३ जना कार्यक्षेत्रमा खटिएको यो समयमा चोरी, तस्करी, लागूऔषध कारोबार नियन्त्रण, सडक ट्राफिक भद्रगोलमा जनताको प्रहरीसँग अपेक्षा ठूलो छ । जनअपेक्षा पूरा गर्न प्रहरीले एक इकाई एक भेइकल अभियान सफल पार्न ३७० मोटरसाइकल र सातै प्रदेशमा वाटरक्यानलको व्यवस्था गर्न खरिद प्रक्रिया थालेको बताइन्छ ।
गल्ती गर्ने चिरिप्पै
गल्ती गरेर प्रहरीको सेवामा रहन पाइँदैन भन्ने सन्देशको पनि आईजीपी खनालकै पालामा धेरै चर्चा भएको छ । एक वर्षमा २ सय ५६ प्रहरीको जागिर गएको छ । एक एसपी, २ निरीक्षक, ५ सई, ११ असई, २४ हवल्दार, १ सय ९५ जनान, ११ कार्यालय सहयोगी छन् । बर्खास्तमा परेका असई र सई १÷१ जना, २ हवल्दार, २ जवान १ कार्यालय सहयोगी छन् । अघिल्लो वर्ष २ सय ८० यस्तै कारबाहीमा परेका थिए । त्यसो त विभागीय कारबाीमा १ हजार ८ सय परेका छन् । यसलाई प्रहरीभित्र सुद्धिकरणको खेलो भनिएकोछ । आईजीपी सर्वेन्द्रको पालामा मात्र होइन यस्तो कारबाह विगतमा पनि भएका हुन् । आईजीपीको योजना र काम घोषणाको कार्यान्वयन अहिले व्यापक बनाइँदैछ ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल