Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्को भ्याक्सिनले पनि देखायो आशा

एजेन्सी । विश्व कोरोनाविरुद्धको भ्याक्सिनको खोजीमा रहेको बेला अर्को खोपले पनि आशा जगाएको छ । कोरोना भाइरसविरुद्ध विकास भइरहेको अक्सफोर्ड भ्याक्सिन प्रभावकारी देखिएको छ । भ्याक्सिन विकासमा खटिएको अक्सफोर्ड टिमले भ्याक्सिन पाका मानिसहरुमा प्रभावकारी देखिएको जनाएको हो ।

बीबीसीका अनुसार अक्सफोर्डका प्राध्यापक पोलार्डले अन्य भ्याक्सिनहरुसँग प्रतिष्पर्धा नभएको बताएका छन् । थप भ्याक्सिनहरुको आवश्यकता औल्याएका छन् । यसअघि विकास भइरहेका भ्याक्सिनले ९० प्रतिशतभन्दा बढी प्रभावकारिताको दाबी गरेका थिए ।

अमेरिकाको फाइजर र मोर्डनाका अलावा रुसको स्पुतनिक भीले परीक्षणका क्रममा अति राम्रो नतिजा आएको तथ्य प्रस्तुत गरेका थिए । ती कम्पनिहरुले भ्याक्सिन ९० देखि ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेका थिए ।


सम्बन्धित समाचार