Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना कहर केही सुस्ताएपछि भदौ १ गतेबाट खोल्न लागिएको शैक्षिक संस्था अर्को सूचना नआएसम्मका लागि बन्द भएका छन् । सरकारले शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । कोरोना संक्रमण बढ्दै गएको भन्दै उनले अर्को सूचना प्रकाशित नभएसम्म शैक्षिक संस्था लगायत, सिनेमा हल, पुस्तकालय, नखोल्ने निर्णय गरेको जानकारी गराए । गत साउन ५ गतेको मन्त्रिपरिषदले भदौ १ देखि खोल्ने निर्णय गरेका केही सेवाहरू भदौ १६ पछि खोल्ने र केही सेवा हाललाई बन्द नै राख्ने निर्णय गरिएको उनले जानकारी दिए ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल