Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थ बहुउद्देश्यीय सहकारी वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाइ बीमाकाे व्यवस्था

काठमाडौं । अर्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष अरविन्द चन्द्र अमात्यको अध्यक्षतामा पुस २९ गते सम्पन्न भएको छ । सहकारी विकास बोर्डका विजय चापागाई र बोर्डका सल्लाहकार विश्वनाथ उलकको आतिथ्यमा साधारणभा सम्पन्न भएको हो । कोरोना कहरका कारण सिंगो विश्व आतंकित बन्दा पनि अर्थ बहुउद्देश्यीय सहकारीका आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् । वार्षिक साधारणसभामा गत सालको तुलनामा ११.६२ प्रतिशतले शेयर वृद्धि भई रु १ करोड ६ लाख ९१ हजार ८ सय शेयर कायम रहेको जानकारी दिइएको छ ।

आर्थिक वर्ष ०७६/०७७ को अन्त्यसम्म रु १९ करोड १ लाख ७७ हजार निक्षेप संकलन गरेको उक्त सहकारीले रु १८ करोड ४३ लाख ८८ हजार भुक्तानी गरेको छ । सो भुक्तानीपश्चात निक्षेपमा ७ करोड २० लाख ५२ हजार संकलन बाँकी रहेको जानकारी पनि सभामा दिइएको थियो । लगानी तथा असुलीतर्फ आर्थिक वर्ष ०७५/७६ को अन्त्यसम्ममा रु ७ करोड १५ लाख २१ हजार रहेकोमा ०७६/०७७ को अन्त्यमा रु ५ करोड ९४ लाख ४९ हजार थप लगानी गरी ५ करोड ३२ लाख ७ हजार असुली भएपछिको बाँकी कर्जा ७ करोड ७७ लाख ६३ हजार रहेको जानकारी दिइएको छ ।

अध्यक्षको प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष ०७६/०७७ मा रु १ करोड २८ लाख ५६ हजार व्याज असुली गरिएको छ भने विविध आम्दानीमा ५० लाख १० हजार देखाइएको छ । त्यसैगरी आयकर, जगेडा कोष र बोनसभन्दा पहिलेको नाफा ४०,०९,३४३.७९ रहेको छ । राजश्व विभागबाट तोकिएको सार्वजनिक परिपत्रअनुसार लाग्ने रु ३,८८,५३८.२८ कर तिर्ने व्यवस्था गरेको छ । त्यसो त सो सहकारीले कर तथा बोनसपछिको नाफा ३४,७०,८०५.५१ मध्ये रु ८,६७,७०१.३८ जगेडामा छुट्याएपछि रु २६,०३,१०४.१३ सञ्चिती मुनाफा बाँकी रहेको जनाएको छ ।

साधारणसभामा जनाइएअनुसार उक्त सहकारीले शेयर सदस्यहरुको जीवन रक्षाका लागि दुर्घटना लाभसहितको जीवन बीमा गरेको छ । कम्पनीले रु १ लाखको नीर्जिबन बीमा गर्दै आएको छ भने रु ५ हजार शेयर राख्नेहरुकोसमेत १ लाखको निर्जिबन बीमा रु २५ हजार शेयर भएकाहरुको १ लाख रुपैयाँको जीवन बीमा गर्ने व्यवस्था मिलाइएको छ ।