Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अल्पमतमा परेपछि पनि के को मरिहत्ते हो कामरेड ?

काठमाठमाडौं । राजनीतिमा इमान्दारिता हुन्थ्यो भने सरकार अल्पमतमा परेपछि प्रमुखले राजीनामा दिन्थे । तर यहाँ त्यसपछि बल्ल जालझेल शुरु हुन्छ । केपी ओली नेतृत्वको सरकारले सिकाएको जालझेल र षड्यन्त्रको सिको गर्दै अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री सत्तामा टिक्न अनेक बहाना खोज्दैछन् । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक आज बस्दैछ । साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आज दिंउसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । प्रदेशसभामा बैशाखमै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहानमा सरकार टिकाइरहेका छन् । सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् ।