Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अविवाहित राजेश बाउ बनेकै हुन्

काठमाडौं । चर्चित गायक राजेश पायल राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् । केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको गसिप समेत मिडियामा छाएको थियो । ह्याम्स अस्पतालमा उनीहरुले नियमित स्वास्थ्य जाँच गराउँदै आएको र त्यही सन्तानको जन्म भएको निकटस्थले बताएका छन् । सङबुङ राजेशभन्दा आधा उमेरले कान्छी रहेको बताइएको छ । राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० उमेरको रहेको निकटस्थहरु बताउँछन् ।
साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएको बताइन्छ । केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको बताइन्छ । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउदै आएका छन् । यस विषयमा गायक राजेशपायलसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । यो विषय उनले स्पष्ट पार्लान् वा अझै गुपचुप राख्छन् त्यो भने समयले नै बताउला ?