Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध घरेलु मदिरा नष्ट

धादिङ । गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संचारकर्मी र स्थानीयबासीको उपस्थितिमा उक्त स्थानमा स्थानीयबासीले संचालन गरेको ८ वटा अवैध घरेलु मदिरा भट्टी पसलबाट उक्त परिणामको कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरिएको हो । साथै मदिरा बनाउन कच्चा पदार्थ राखिएका ३२ वटा ड्रम समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।