Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । भक्तपुर, चांगुनारायण नगरपालिका-५ पिखेल बस्ने २४ वर्षीय पवित्रम कार्की सहित २ जनालाई अवैध लागूऔषध पोल्याण ५ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, गोडैता नगरपालिका(११ माधवपुरबाट हरिवन नगरपालिका-६ बस्ने ३२ वर्षीय राम बहादुर जिम्बा र सिन्धुली मरिन गाउँपालिका-३ भलाई बस्ने २८ वर्षीय रुपेश मोक्तानलाई अवैध लागूऔषध गाँजा करिब १७ केजी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले बा।९३ प ८६१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।