Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सन्तोष रेउलेलाई करिब ६ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंका लागि जाँच गर्दा जुत्ताभित्र लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित सडकबाट सोही स्थान बस्ने २३ वर्षीय चेतन शाही र भेरिगँगा नगरपालिका-७ बस्ने २३ वर्षीय प्रकाश बुढालाई ३ पुरियामा रहेको ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै वीरेन्द्रनगर नगरपालिका-१० सितलनगर टोलस्थित सडकबाट सोही स्थान बस्ने २७ वर्षीय हिमाल गौतम र दैलेख नारायण नगरपालिका-१ वष्ने १९ वर्षीय बिकाश थापालाई ६ पुरियामा रहेको १ सय २० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, चांगुनारायण नगरपालिका-८ खरीपाटीबाट दोलखा शैलुङ गाउँपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय शिव थापा मगर सहित ५ जनालाई लागू औषध पोल्याण्ड करिब २ ग्राम र गाँजा करिब ४६ ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खटिपाटीबाट खटीएको प्रहरी टोलीले मोटरसाइकलमा आएका उनीहरूलाई शंका लागी जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, काठमाडौं महानगरपालिका-११ थापाथलीबाट सिरहा लहानका २८ वर्षीय अरुण गौतमलाई लागूऔषध पोल्याण्ड ७५ ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका उनलाई शंका लागि जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल