Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असफल प्रेमी हुन् सलमान

बलिउड अभिनेता सलमान खान उमेरले ५५ वर्ष पुगिसकेका छन् । अहिलेसम्म उनी बलिउडको ‘मस्ट एलिजिबल ब्याचलर’ छन् । सलमानले एकपटकमात्र नभई कैयौंपटक प्रेम गरे । पाँच पटक त उनी विवाहका लागि घोडा चढ्न तयार थिए । तर विविध कारणले त्यो पुरा हुन सकेन । १६ वर्षीया सोमी अली सलमानसँग विवाह गर्नकै लागि भनेर भारत आएकी थिइन् । उनले फिल्म पनि सलमानको नजिक हुनकै लागि अभिनय गरिन् । त्यो समयमा सलमान र अभिनेत्री संगीता बिजलानीको प्रेमको चर्चा बलिउडमा थियो ।
सोमीले एक अन्तरवार्तामा सलमान र संगीताको प्रेमले आफूलाई तनाव दिएको खुलाएकी थिइन् । उनले आफूले सलमान र संगीताको प्रेम सम्बन्धमा दुरी ल्याउने प्रयास गरेको बताएकी थिइन् । त्यसपछि सलमान र सोमी नजिकिए । यदपि उनीहरुको सम्बन्धमा पनि अन्यको नजर पर्यो । सोमीका अनुसार सलमानले उनलाई धोका दिएका थिए । त्यसपछि उनी अमेरिका गइन् । सलमान र अभिनेत्री ऐश्वर्या रायको पीडादायी प्रेमकथाका बारेमा जानकार नहुने सायद कमै होलान् । उनीहरु एकअर्काको प्रेममा पूर्ण रुपमा लिप्त भइसकेका थिए । तर उनीहरुको प्रेममा असुरक्षाको महशुस उनीहरुको घरबाटै भयो ।
सलमान जसरी भए पनि ऐश्वर्यासँग विवाह गर्न चाहन्थे । तर ऐश्वर्या भने हतारोमा विवाह गर्न चाहन्न थिइन् । इटालियन मोडल लूलिया वन्तूर र सलमानको भेट डबलिनमा सन् २०१० मा भएको थियो । सलमानसँगको भेटपछि उनी सलमानको परिवारसँग नजिकिइन् । यो जोडीले आफ्नो सम्बन्धमा आधिकारिक रुपमा मोहर लगाइसकेका छैनन् । तर पनि उनीहरु जोडीका रुपमा सँगै हुन्छन् ।
सलमान र अभिनेत्री कटरीना कैफको भेट फिल्म ‘मैने प्यार क्यो किया’को सेटमा भएको थियो । त्यसपछि उनीहरु विस्तारै प्रेममा पर्न थाले । यद्यपि उनीहरु चाँडै अलग्गिए । सलमान र संगीता बिजलानी पनि एकअर्काको प्रेममा निकै भिजिसकेका थिए । उनीहरुको विवाह पनि हुने तयारी थियो । तर अन्त्यमा उनीहरुको सम्बन्धमा पनि दरार आयो । दुवैबीच हुन लागेको विवाह पनि रोकियो । अहिले उनीहरु मिल्ने साथी छन् ।