Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असफल सरकारका हतारका निर्णय

बादसाहले आफुनाङ्गगै भएको त्यो बेला थाहाँ पाउछ जुन बेला दरबारमा अबोध बालक प्रवेश गर्छ र सत्ता उन्मादिले मातेका राजालाई यर्थात भनी दिन्छ । त्यहाँ बादसाहका थुपौरे पनि थिए । तिनले सत्ताको जानकारी दिन सकिरहेका थिएनन् । कारण थियो आफ्नो पद र कुर्चीको मोह । अहिले प्रधानमन्त्री केपी ओलीको हकमा पनि तिनै बादसाहको चरित्र देखिएको छ उनका सल्लाहकार तथा गुटका सारथिहरूले कानुनको समेत यर्थाथ जानकारी दिन सकेनन् । नेपालको संविधानले शिक्षा स्वास्थ र रोजगारीलाई मात्र होइन गरीबी तथा भोकमरीलाई समेत नैसर्गिक अधिकारको रुपमा व्वस्था गरेको कुरालाई समेत लत्याउने काम कम्युनिष्ट पार्टीको नाउँमा भयो । नेपाली काग्रेश जस्तो शक्तिले समेत सरकारको यो निणर्यको चर्को विरोध गरी रहेको छैन । किनकी काग्रेशलाई थाहा छ प्रधान मन्त्री केपी ओली त्यही दरबारका बाद साह हुन् जो आफु नाङ्गगीएको थाहाँ पाउदैन ।

अस्पताल छन् गरीबले उपचार पाउँदैन शिक्षा क्षेत्र गरीबका लागी उपलब्ध छैन् । किसानले समयमा मल पाउदैन । व्यापारीले खाशामा रोकीएको सामान भित्राउन सकेको छैन । सरकार जनताको भोकमरी र बेरोजगारी तर्फ ध्यान दिदैन । तर दशैको समयमा संविधानमा लेखिएको संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल भन्ने शब्दमा रमाएर नेपाल मात्र राख्छ संघिय गणतन्त्र हटाउछ । प्रधानमन्त्री ओलीलाई सल्लाह दिने कस्ता सल्लाहाकार छन् । जसले संविधान समेत अध्ययन गदैनन् ।उनले आफ्नो काम सघाउन विना विभागीय उपप्रधानमन्त्री पनि राखेका छन् । तर तिनको काम पाटी एकता विपरीत गुट बन्दि मच्चाउने र राज्यमा भ्रष्ट्रचार चम्काउने मात्र भयो । आफु चुनाव नजित्दाँ सम्म माओवादी प्रति नरम तिनले चुनाव जितेको भोली पल्ट बाट अध्यक्ष प्रचन्डलाई अध्यक्ष स्विकार्न सक्दिन पनि भनेकै हुन् ।

उनको हैसियत बुझेरनै ओलीले पार्टी एकता गर्दा माहासचिव पद खोसेका थिए । अहिले सरकारको बदनाम गर्ने उनी नै भएकाले रक्षा मन्त्रालय खोसेर विना विभागिय मन्त्रीको रुपमा प्रधानमन्त्री कार्यालयको एउटा कोठामा थान्को लगाइदिए पछि गुटको भेला गर्न र पाटी फुटाउने अभियान चलाउन तिनलाई सजिलो भयो । लड्नु पर्ने विषय थाती राखेर भारदारको रुपमा ओली सामु प्रस्तुत हुने हरूले प्रधानमन्त्री ओलीलाई दाह्री, जुगा र कपाल कालो हुदै गएको भनेर हौसाएछन् । यही हौसल्ला सुनाउन उनले पार्टीका वरिष्ट नेता माधव नेपाललाई बालुवाटार बोलाएछन् । जनताले राज्य कोष खर्चेर उपचार गरेका प्रधान मन्त्री ओली प्रति केही भनेको छैन ।

तर उनले कोभिड १९ ले देश आतंकीत हुदाँ अस्पताल हरूमा जनताको उपचार निशुल्क गर्ने आट देखाउन सकेनन् । उनका सल्लाहाकार हरू जस्ता थिए प्रधान मन्त्रीओलीले जे बोले त्यही व्यवहार देखाई रहेका छन् असफल सरकारका निणर्यहरू बारम्बार उल्टिने र सच्चाउनु पर्ने बाध्यता उसकै चरित्रले पार्दछ । भद्रगोल अबस्थामा मदहोस् बादसाहलाई अर्ति दिनुको महत्व हुदैन । स्थायी समीती र सचिवालयको बैठक बस्न नमान्नु को कारण आफ्ना गल्ती पर्दा फास हुन्छ भन्ने डर हुन सक्छ । जनप्रिय नेताले गल्ती सुर्दाछन् । पहिलैदेखि विवादमा परेका आफ्ना गुटका मन्त्रीहरूलाई नहटाएर राख्दा बदनामी त अध्यक्ष तथा प्रधानमन्त्रीको नाताले ओलीकै हुने हो । के सरकारको काम कर उठाउने ठेक्का पट्टा लगाउने र कमीसन खाने मात्र त होइन होला ।


सम्बन्धित समाचार