Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असर कम भएको ठाउँमा लकडाउन खुकुलो पार्न सुझाव

काठमाडौं । कोरोना भाइरसले नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभावबारे नेपाल चेम्वर अफ कमर्सले मुख्य सचिवलाई सुझाव हस्तान्तरण गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई विषयगत समष्टिगत सुझाव हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड९१९० बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे नेपाल चेम्वर अफ कमर्सले अर्थ मौद्रिक तथा बित्त, उद्योग,वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन,स्वास्थ्य क्षेत्र लाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुदां र सुझाव नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले मुख्य सचिव रेग्मीलाई हस्तान्तरण गरेका हुन् । अब आर्थिक चलेयमान गर्न लकडाउन पनि विस्तारे भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउन चेम्बरले सुझाव दिएको छ । अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान दिन नहुने र बाहिरको मान्छेलाई पनि काठमाडौं आउँन दिन नहुने चेम्बरको सुझाव छ । मुख्य सचिवले समष्टिरुपमा आएको सुझावलाई अध्यन गरेर यसलाई अब आउँने बजेटमा र विभिन्न बैठकहरुमा चेम्बरका धारणा र सुझावलाई राख्ने बताए ।


सम्बन्धित समाचार

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल