Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्ट्रेलियाका नौ सहरमा नेपाली नचाउँदै गायक दुर्गेश थापा

काठमाडौं । गायक दुर्गेश थापाले अस्ट्रेलियाका विभिन्न सहरमा सांगीतिक टुर गर्ने भएका छन्। ‘अस्ट्रेलिया टुर २०२५’ मार्फत थापाले जुलाई १४ देखी अगस्ट ८ सम्म अस्ट्रेलियाका नौ सहरमा पुगेर दर्शक नचाउनेछन्। ब्रिज रक्स र नेप ब्रिजवेनले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रमको दुर्गेशसँग सत्य थापाले सम्झौता गरिसकेको आयोजक संस्थाले जनाएको छ। दुर्गेशलाई अस्ट्रेलियाको कार्यक्रममा लैजानका लागि करिब तीन करोड खर्च हुने अनुमान गरिएको आयोजक अरुण तिवारीले जानकारी दिए। तिवारीका अनुसार आगामी जुलाई १४ देखि अगस्ट ८ तारिखसम्म दुर्गेशले अस्ट्रेलियामा प्रस्तुती दिने छन्। १४ जुलाईमा व्रीजवेन, १७ जुलाईमा होबार्ट, २० जुलाई पर्थ, २३ जुलाई मा न्युकासल, २५ जुलाईमा क्यानबेरा, २७ जुलाई सिड्नी, १ अगस्टमा डार्बिन, ४ अगस्ट मेलबर्न र ८ अगस्ट एडिलेडमा प्रस्तुति दिनेछन्। पछिल्लो समय दुर्गेश आफ्नो पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ कारण चर्चित छन्। हालै उनको यस गीतले युट्युवमा १० करोड भ्युज पाइसकेको छ। छोटो समयमा युट्युबमा १० करोड भ्युज पाएको सो गीतका लागि प्रधानमन्त्री केपी ओली समेतले सामाजिक सन्जालबाट बधाई दिएका थिए।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल