Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आँखाको संसार बनाउँदै तामाङ

काठमाडौं । पछिल्लो समय चलचित्र निर्माणमा नयाँ, नयाँ लगानीकर्ता भित्रिनेक्रममा विशेष तामाङ चलचित्र ‘आँखाको संसार’बाट निर्माताको रुपमा देखिएका छन् । बुबा भक्तबहादुर तामाङ र आमा तीर्थमायाँको कोखबाट भोजपुरमा जन्मिएका विशेष तामाङको पेशा भने साउण्ड व्यवस्थापन गर्नु हो । कलाकारितामा रुचि भएका तामाङ ‘आँखाको संसार’मा सहनिर्माताको रुपमा जोडिएका हुन् । नेपाली जनजीवनसंग जोडिएको कथावस्तु उठान गरिएको कारण आँखाको संसारमा आफु लगानी गर्न तयार रहेको उनको भनाईछ । चलचित्र मार्फत बिभिन्न क्षेत्रमा बाँडिएका, भाँडिएका र टुक्रिएका समाजको वास्तबिक घट्नालाई चलचित्रमा समेट्ने जमर्को गरेका छौ जसले समाज परिवर्तनमा आँखाको संसारले थप मद्दत पुराउने विश्वास सहनिर्माता तामाङले लिएका छन् । छायांकनको तयारीमा रहेको चलचित्र आँखको संसारलाई वेदप्रसाद भूर्तेलले निर्देशन गर्ने भएका छन् भने नयाँ पुराना कलाकारले यसमा कामगर्ने बताइएको छ ।


सम्बन्धित समाचार