Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।
एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।