Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आगलागीमा दुई बालबालिकाको मृत्यु

प्युठान । प्युठानमा भएको आगलागीको घटनामा दुई बालबालिकाको मृत्यु भएको हो । जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । आज विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीको भनाइ छ । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


सम्बन्धित समाचार