Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा एसइई घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।
वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म चल्नेछ ।
कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसइई भएको थिएन । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल