Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मनोज घिमिरे, शिक्षाविद्
चितवन मध्यमिक विद्यालयल भरतपुर १० चितवनमा कार्यरत मनोज घिमिरे लामो समय देखि शिक्षण पेशामा आबध्र्द रहि ज्ञानबाड्ने काम गर्दै आईरहनु भएको छ । मध्यनेपाल न. पा. ७ लमजुङ्ग (साबिक इशानेश्वर ८) मा जन्मिनु भएका घिमिरे हाल भरतपुर १२ चितवन, सुनगाभा टोलमा स्थायी बसोवास गर्दै आउनु भएको छ । विरेन्द्र बहुमुखि क्याम्पस भरतपुर १० चितवनबाट उच्च शिक्षा हासिल गर्नु भएका घिमिरे हिलवर्ड आवासिय माध्यमिक विद्यालय भरतपुर १२ चितवनबाट २०१० देखि शिक्षण पेशामा संलग्न रहदै आउनुभएको हो । उहाँले श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुर १२ चितवनमा पनि दुई वर्ष अध्यापन गराउनु भयो । विश्वव्यापि महामारि कोभिड १९ को समयमा पनि विहान, वेलुकाको समय अनलाइन कक्षा अध्यापन कार्यमा उहाँको महत्वपुर्ण भूमिका रह्यो । चितवन मध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वद्धिमा पुराएको योगदान वापत सन् २०१७ मा सम्मान पत्रबाट सम्मानित हुनुभएका घिमिरे कक्षा ८ को प्रश्नप्रत्र निर्माणमा सक्रिय भुमिका खेल्नुभएकोमा हिलवड आ.मा.वि. शिक्षकलाई यो प्रमाण पत्र प्रदान गरिन्छ । अन्य बिभिन्न संघ, संस्थाहरुले पनि उहाँको कदरस्वरुप सम्मान गरेको छ । समाजसेवामा समेत सकृय रहदै आउनु भएका बरिष्ठ शिक्षाविद् मनोज घिमिरेसंग ताजाखबर साप्ताहिकको लागि बद्री अधिकारीले गरेको कुराकानीः
० मानव जीवनमा शिक्षाको महत्व कत्तिको हुन्छ ?
शिक्षा मानव जीवनको एक महत्वपूर्ण आधारभूत पक्ष हो । मानिसले औपचारिक तथा अनौपचारिक माध्यबाट प्राप्त गरेको ज्ञान, सीप, अनुभव आदिको सार रुप नै शिक्षा हो । पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । शिक्षाको महत्व भनेको कुनै विषयमा सिकेर ज्ञाता हुने इच्छाँ वा चाहनाको सिर्जना हुनु पनि हो । शिक्षा मानव जातिको तेस्रो नेत्र भएकोले आजको युगमा देशको आर्थिक रुपान्तरणमा निकै ठूलो महत्व रहेको छ । शिक्षा विना मानिस अन्धो नै हुन्छ । शिक्षा आजका दिनमा मानवको एक महत्वपूर्ण सम्पतिको रुपमा रहेकोले यसको महत्व व्यापक छ ।
० प्रकृति र शिक्षाको के सम्बन्ध छ ?
प्रकृति जगत नै मानिसको सबभन्दा ठूलो शिक्षालय वा पाठशाला हो । नदि, पहाड, वृक्ष, वनस्पति अनि चराचुरुङ्गी, किरा–फट्यांग्रा आदि जीवहरूको जीवनलाई शिक्षाको मुहान मान्न सकिन्छ । शिक्षाको व्यवहारिक, सामाजिक, आर्थिक, राजनैतिक विविध प्रकार महत्व रहेको हुन्छ ।
० शिक्षा आर्जनको गन्तब्य या सिमा हुन्छ कि हुँदैन ?
कुनै पनि विषयका बारेमा जान्ने–बुझ्ने तीव्र इच्छाँ वा चाहना मानिसमा रहको हुन्छ । यस्तो चाहना राख्नु मानवीय स्वभाव नै हो । मानिस जन्मदेखि मृत्युसम्म शिक्षा आर्जन गर्ने क्रम निरन्तर रुपमा चलिरहन्छ । मानिसले बाल्यकालमा अरूको व्यवहार वा गरेका कार्यको अनुकरणबाट शिक्षा आर्जन गर्दछ । उसले स्कूल र क्याम्पस कक्षामा औपचारिक शिक्षा पाउँछ । त्यसपछि पनि उसको शिक्षा आर्जन गर्ने कार्यचाँहि पुरा भइसकेको हुँदैन । त्यसैले ज्ञान आर्जन गर्ने कार्यको कुनै सिमा हुदैन ।
० उत्पादनशिल क्षेत्रकोे विस्तारमा शिक्षको के भूमिका रहन्छ ?
कुनै पनि देशमा औद्योगीकरणको जग बसाल्ने कार्यमा शिक्षाको भूमिका अतुलनिय रहने कुरालाई यूरोप तथा दक्षिण एसियाका जापान, चीन, मलेसिया आदि देशको अद्यौगिक विकासको ईतिहास र वर्तमानको सफलताले प्रमाणित गरेको छ । नेपालको सन्र्दभमा सन १९३६ देखि औपचारिक रुपले उद्योगहरुको स्थापना र सञ्चालनको कार्यलाई अगाडि बढाइएको थियो । यद्धपि प्रयाप्त मात्रामा औद्योगिक जनशक्ति उत्पादनका क्षेत्रमा देशको शिक्षा नीति तथा कार्यक्रम नरहेकोले हामीले शिक्षाको औद्योगिक महत्वबाट भरपुर फाईदा लिन सकेनौं । शिक्षा, औद्योगीकरण तथा रोजगारी बीच कार्यात्मक सम्बन्ध रहेको हुन्छ ।
० शिक्षामा भैरहेको लगानीले प्रतिफल दिईरहेको छ ?
शिक्षाको आर्थिक महत्व विकसित तथा विकासोन्मुख देशहरुमा फरक फरक दृष्टिकोणबाट रहेको छ । विश्वका सबै देशहरुले वर्तमान समयमा गरिरहेको आर्थिक प्रगतिको रहस्यका रुपमा शिक्षा क्षेत्रमा गरिएको लगानी स्थापित भएको छ । शिक्षा क्षेत्रमा गरिएको लगानीले अल्पकालिन समयमा उपलब्धी नदिने भएता पनि दीर्घकालमा यसबाट प्रतिफल आउने र युगौं युगसम्म निरन्तर रुपमा चलिरहने भएकोले गर्दा नेपाल जस्ता देशहरुले आफ्नो आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि शिक्षाको आर्थिक महत्वलाई पहिचान गरी देशको शिक्षा क्षेत्रमा गरिएको लगानीलाई अझै बढाउनु पर्ने जस्तो लाग्छ ।
० नेपालमा जति पढेपनि आखिरमा खाडी मुलुक नपुगि हुदैन भन्छन् नि ?
यो हाम्रो देशको दुर्भाग्य हो । उपलब्ध शैक्षिक जनशक्तिको भरपूर सदुपयोग गरी प्रदेश तथा स्थानीय तहका सरकारहरुले भौतिक, विकास निर्माण जस्ता सबै किसिमका विकासका पक्षलाई सम्बोधन गर्न स्थानीय तहका लागि आवश्यक दक्षता र सीपयुक्त शैक्षिक जनशक्ति उत्पादनको पहल स्थानीय सरकारहरु आफैँले लिनु पर्दछ । देशको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन शैक्षिक, सामाजिक, आर्थिक र विकास गतिविधिको रुपान्तरणका वैज्ञानिक योजना निर्माण आजको मुख्य सवाल हो । भौतिक विकासका कार्यहरु र शैक्षिक जनशक्ति उत्पादनका विषयहरु एक आपसमा संस्थागत रुपमा जवाफदेही हुने गरी जोडिनु पर्दछ । शिक्षा क्षेत्रको आधारमा समग्र देशको विकास र उत्पादित दक्ष जनशक्तिको उपयोग हुने गरी बजार माग बमोजिम जनशक्ति उत्पादन योजना बनाइनु र पारदर्शी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता चाहिन्छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल