Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबारदेखि सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ। प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले उक्त कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित असुरक्षालाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ। सिम्रिक एयरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, त्यसैले प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरको उडानमा रोक लगाइएको हो, सूचना अधिकारी भुलले भने। नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरका उडान रोकिएको हो। भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम आजै बुझाएको खण्डमा भने उडान गर्न दिइने छ। सिम्रिक एयरसँग रहेका चार हेलिकप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान गरिरहेका थिए। कम्पनीसँग दुईवटा बेल र दुईवटा एएस ३५० हेलिकप्टर छन्।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल