Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज अमेरिका र इरान वार्ता

मस्कट– इरानका विदेश मन्त्री अब्बास अराग़ची ओमान पुगेका छन्। ओमानको राजधानी मस्कटमा आज शुक्रबार उनले अमेरिकी दूतहरूसँग परमाणु विषयमा वार्ता गर्ने कार्यक्रम छ। यसअघि मन्त्री अराग़चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकासँग वार्ता हुने जानकारी दिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने नयाँ सम्झौता नगरे सैन्य कारबाही हुन सक्ने चेतावनी दिँदै आएका छन्। यस सन्दर्भमा आजको वार्तालाई महत्वपूर्ण मानिएको छ। इरानले परमाणु विषयमा संवादका लागि आफू तयार रहेको बताएको छ। तर, आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरू स्वीकार्य नहुने स्पष्ट पारेको छ। उता, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले राष्ट्रपति ट्रम्प इरानी अधिकारीहरूसँग हुने वार्तालाई नजिकबाट नियालिरहेका र यसबाट कुनै सम्झौताको सम्भावना बन्ने कि नबन्ने मूल्याङ्कन भइरहेको बताएकी छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल