Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ । पत्रकार तथा सांस्कृतिकर्मी समेत रहेका इच्छुकले बलिदान दिएको दिनलाई केन्द्र मानेर जनयुद्धका क्रममा सहिद भएका शिव श्रेष्ठ, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डी कौडिन्य, ध्रुव ज्ञवाली, हर्षबहादुर शाही लगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूको सम्मानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक बलिदान दिवस मनाउँदै आएको छ । त्यसैगरी क्रान्तिकारी पत्रकार महासङ्घले पनि सोही दिन आफ्ना अग्रज पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाउँदै आएको छ । यसै क्रममा दुवै महासङ्घको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा प्रभातफेरि निकालिएको छ । तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्ष समेत रहेका सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आएका थिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद समेत रहेका सेन साहित्यिक क्षेत्रमा इच्छुक नामबाट स्थापित थिए । उनका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् । सेनलाई २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएर हत्या गरेको थियो ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल