Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कांग्रेस बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार स्थगित बैठक बिहीबार बस्न लागेको हो । नेता पौडेलमा ग्यास्टिकलगायतका समस्या देखिएपछि उनले बैठकमा सहभागी हुन नसक्ने जानकारी बुधबार गराएका थिए ।
बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले बताएका छन् । कांग्रेसका सबै भातृसंस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्त्रिmय अवस्थामा छन् । यसबारे आज बस्ने बैठकमा गहन छलफल गर्ने कार्यसूची छ । बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान र एकता प्रक्रियामा आएका विजय कुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल