Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोनाको संक्रमण झन झन पछि फैलिँदै गएको छ । आइतबार देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ। विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्। हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर भएको छ।