Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कैलाली । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्ने भएको छ । विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रदेशमा सन्देश सभा गरिने भएको हो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत धनगढीमा आज हुने कार्यक्रममा सहभागी हुने छन्। सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो। लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने पार्टीले जनाएको छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल