Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज पनि एमसीसी पेश नगर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग एमसीसीले रिगाएको सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, अअर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।