Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज पनि घटेन उपत्यकाको संक्रमण

काठमाडौं । आइतबारस १७२ जनामा कोरोना संक्रमण देखिएको काठमाडौं उपत्यका सोमबार १६८ संक्रमित थपिएका छन् । हिजो र आजको संक्रमितको अवस्था हेर्दा काठमाडौं उपत्यका संक्रमितको अवस्था जटिल बन्दै गएको स्पष्ट देखाएको छ । यो सहित ५८१ जना थप कोरोनाका संक्रमित देशभर थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ५ सय ८१ संक्रमित थपिएको जानकारी दिए। प्रवक्ता डा गौतमका अनुसार काठमाडौं जिल्लामा १३९ जना, भक्तपुरमा १५ जना र ललितपुरमा १४ जना गरी काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७ हजार २४१ पुगेको छ। हालसम्म १७ हजार ४ सय ९५ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १६० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ। गत २४ घण्टामा ११ हजार ५२० जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै १५हजार १९८ जना क्वारेन्टिनमा रहेका छन्।