Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकाे प्रश्नकाे सामना गर्ने

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले विभिन्न जिज्ञासा र धारणा राखेका थिए। ती प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले आज दिने कार्यसूची तय गरिएको हो।

यसअघि बुधबारका लागि तय गरिएको जवाफ दिने कार्यक्रम स्थगित भएको थियो। प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी भएपछि प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाउँदै सदन अवरुद्ध गरेका थिए। त्यसपछि बैठक स्थगित गरिएको थियो।

स्थगित बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने उल्लेख गरिएको छ।

आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ सभामा पेश गर्ने कार्यसूची रहेको छ।