Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज फेरि १६ सयले बढ्यो सुन

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै गइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख ४ हजार १ सयरुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आइतबार सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। तिन दिनमा सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।


सम्बन्धित समाचार

आर्थिक पक्षमा अर्थमन्त्री असफल

२०८३ आश्विन २८

ताजा नेपाल

नयाँ नेतृत्व नयाँ सोचमा काँग्रेस

२०८३ आश्विन २८

ताजा नेपाल

मधेश हेपियो भन्दैछन् अमरेश

२०८३ आश्विन २८

ताजा नेपाल