Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् । अध्यक्ष प्रचण्ड बिहान साढे ५ देखि ८ः३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवादमा सहभागी भएका छन् । यस्तै बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसिएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको पार्टीका रुपन्देही संयोजक नारायाण जिसी निर्मलले जानकारी दिए । आज दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे जनतासँग माओवादी तराई(मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने जिल्ला संयोजक जिसीले जानकारी दिए ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल