Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसैबीच मौद्रिक नीति पारित गर्न बिहानदेखि सञ्चालक समितिको बैठक जारी छ ।
सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नेछन् ।
मुलुकको आर्थिक अवस्था लयमा फर्कने दिशामा रहेकाले मौद्रिक नीति खुकुलो आउने अपेक्षा गरिएको छ । घरजग्गा कर्जाको सिलिङ परिवर्तन हुने र शेयर धितो कर्जामा पनि लचिलो नीति लिइन लागेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
हाल काठमाडौं उपत्यकामा घरजग्गामा कूल मूल्यको ३० प्रतिशत कर्जा पाउँदै आएका छन् । यस्तै उपत्यका बाहिर ४० प्रतिशत छ । यस्लाई परिवर्तन गर्न लागिएको हो । शेयर बजारमा जाने कर्जाका लागि पनि राष्ट्र बैंकले केही लचिलो नीति लिनेछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल