Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले जवाफ दिने भएका हुन् । यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल