Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज ६३८ नयाँ संक्रमित थपिए, उपत्यकामा मात्रै १३४ जना

काठमाडौं । कोरोना संक्रमण भयावह अवस्थामा माथितिर उक्लँदै गर्दा आज देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त भएका छन् भने कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।