Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

काठमाडौं । इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको स्वीकार गरेका छन्। राज्य नियन्त्रित सञ्चार माध्यम फार्स र आइआरएनएले दिएको जानकारी अनुसार क्वाम प्रान्तको क्राइसिस व्यवस्थापन समितिले फोरडोअको आणविक क्षेत्रमा हमला भएको जानकारी दिएको हो।सो केन्द्रमा पहाडको गहिराइमा छ। अमेरिकी बङ्कर बस्टर बमको मात्र यसलाई नास गर्ने क्षमता छ। इस्फानका सहायक सुरक्षा गभर्नरले पनि त्यहाँ विस्फोट भएको कुराको जानकारी दिए। साथै उनले नातान्जमा पनि आक्रमण भएको बताए। इरानका डेपुटी पोलिटिकल डाइरेक्टर हसन अबेदिनीले भने केही समय अगाडि नै सामान त्यहाँबाट निकालिएका कारण सोचे जस्तो धेरै नास नभएको बताए।