Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान २ः०५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
गत शुक्रबार साँझ करिब ७ः३० बजे मण्डलले आफ्नै घरबाट करिब २०० मिटर टाढा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा राखेर विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर उपचार गरे पनि शरीरको अधिकांश भाग गम्भीर रूपमा जलेका कारण उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।
मृतक मण्डलका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३०
ताजा नेपाल