Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आनीको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता

आनीको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता
लुम्बिनी । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

राष्ट्रिय जेन–जी नागरिक अभियानका सुनील सिंह, वीरजन विश्वकर्मा र सफलता बोगटीले नियुक्तिको कानुनी वैधता परीक्षण र विधिको शासन सुनिश्चित गर्न माग गर्दै रिट दायर गरेका हुन्।

नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद विचाराधीन रहेकै अवस्थामा नियुक्ति गरिएको भन्दै उनीहरूले प्रश्न उठाएका छन्।