Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता अहंकार र दम्बको शिकारमा आफ्नो क्षेत्र र पेशाका इमान्दारहरू पनि पर्छन् । सरकार जुनसुकै दलको भए पनि धार्मिक संस्थाहरू त्यस्तै धर्म र समाजसँग जोडिएका कतै विवादमा नपरेका खोज्न मान्छेले सातजुनीको तपस्या गर्नुपर्ने भएको छ । जनताले पुराना भ्रष्ट भनेर रास्वपालाई मत दिए । पार्टीका उम्मेदवारको एजेन्ट बस्यो ८÷१० हजार खल्तीमा राखेर घण्टमिा मतदान गर्ने ब्वासा दलमा धेरै थिए । यसको चोट माओवादी, एमाले, काँग्रेस, मधेशवादी सबैले भोगेका छन् । रास्वपाको राजनीतिक नियुक्ति सबै विवादित छन् । धितोपत्र बोर्डमा डा. सन्दुक रोइतले सिफारिश गरेकी विद्वान उपाध्यक्षले ऊर्जा कम्पनीहरूबाट घुस बापत थरिथरिका रक्सी उपहार लिएर थन्कयाउन नपाउँदै भण्डाफोर भएकै हो । पर्यटन, संस्कृति, नागरिक उड्डयन मन्त्री गनेश अधिकारीको क्षमता जति छ त्यही रूपमा उनले नियुक्ति दिएका प्राज्ञहरूको हालत कम विवादित भएन । त्यही कारण आनीको नियुक्तिमा मन्त्री पौडेलकहाँ उजुरी परेको हो ।
विवादित सांसद राजु पाण्डेको दवावमा मन्त्री पौडेलले बौद्धनाथ क्षेत्र विकास समितिका उपाध्यक्ष पदमा छनोट भएका स्थानीय समाजसेवी सम्पूर्णकुमार लामाको ठाउँमा सुरेन्द्र बज्राचार्यलाई ल्याएकोमा चर्को विवाद थियो । मन्त्रालयले कार्यकारी निर्देशक र ५ जना सदस्य पुरानै छनोटमा परेकाहरूलाई स्वीकार ग¥यो तर उपाध्यक्षमा सांसद पाण्डेले लामालाई रोक्न उनका विरुद्ध उजुरी दिन लगाएर फ्रि तिब्बलतको हकदार सुरेन्द्र बज्राचार्यलाई भिœयाएका छन् । बौद्ध घ्याङ गुठीमा खड्गजीत लामालाई ल्याएपछि उनको टिममा बजचार्यलाई पारियो । यस्तो निर्णयले पर्यटन संस्कृति मन्त्रालयको कामले राम्रो सन्देश दिँदैन ।
उता लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनि छोइङ डोल्मोको नियुक्तिले त्यो क्षेत्रका फ्रि तिब्बतधारीहरूलाई उकुसमुकुस भएको छ । बाबु तिब्बती शरणार्थी भए पनि आनी बौद्धमै जन्मिइन् । काभ्रेबाट नागरिकता प्राप्त गरिन् । शिक्षा, दिक्षा त्यतै लिइन् । उनका बाबु पियक्कड भए पनि बौद्ध धर्मका अनुयायी नै हुन् । आनीले बुद्ध धर्मको अध्यायन, संस्कृति, संस्कार राम्रै पाएकी हुन् । बुद्ध धर्मको भिक्षुहरूको शिक्षा र स्वास्थ्यको सुधारमा लागेकी आनीको सम्बन्ध बुद्ध धर्मका राष्ट्रसंग हुनु अनौठो थिएन । त्यो सम्बन्धकै कारण उनको मेघा बैङ्कको खातामा डलर आयो । त्यसको नेपाली सटही त्यो बेला रु १८ करोड ३० लाख थियो । आनीले प्राप्त त्यो रकमको स्रोत खुलाउन नसकेको आरोप लाग्यो । उनले त्यो सहिन् सरकारलाई बताइन् तर कर प्रशासनले छाडेन । त्यो पैसा आनीले खोलेको विद्यालय र प्रशिक्षण केन्द्रको हितमा प्रयोग हुन्थ्यो । गेरु वस्त्रधारी हारक्याल लामाले बैङ्कको लकरमा हतियार र सुन राखेकै थिए । एमालेले ३५ लाख लिएर उनलाई समानुपातिक सांसद मात्र बनाएन अर्थ राज्यमन्त्री नै बनायो । त्यो पाटो ईश्वर पोखरेल जस्ता नेताको योजनामा सम्पन्न गरिएकै हो । सिन्धुपाल्चोकबाट नागरिकता लिएका लारक्यालका बारेमा अमृत बोेहोरा हेरेको हेरै भए । पैसा ईश्वरले कुम्ल्याए । त्यही ल्हारक्याल माओवादी बनेर सांसद पनि भए । पछिल्लो पटक उनले एक कार्यकाल लुम्बिनी विकास कोषको उपाध्यक्ष भएर बिताए । आफू दोस्रो पटक सांसद हुँदा र कोषको उपाध्यक्ष बन्दाको खर्च उठाएका यिनै ल्हारक्याल आफ्ना कुकर्मको छानविन हुने डरले आनीको विरुद्ध लागेका छन् । उनी आफैं ३ पासपोर्ट, २ नागरिकता भएका गेरुवस्त्रधारी हुन्, आनी छोइङ डोल्पाको नगद विवाद विदेशबाट आएको डलरको श्रोत हो । केपी ओली जस्तो सर्वश्रेष्ठ नीतिगत भ्रष्टाचारीले भाग पाएका थिए भने आनीको डलर उपलब्धी हिन बनेर बैङ्कमा रहने थिएन । बौद्ध धर्म, दर्शन र गित संगितको क्षेत्रमा चर्चित आनीले लुम्बिनी विकास कोष राम्रैसँग चलाउन सक्छिन् । तर प्रतिस्पर्धामा उनी उत्कृष्ट भए पनि आवेदन दिएकी थिइनन् । उनी डा. ह्लारक्याल जस्ता भ्रष्ट र विवादित होइनन् । उनको विरोध गर्नेहरूले नेपाल चीनको सम्बन्धमै दरार आउने गरी फ्रि तिब्बत धारी टीओबी समूहको सक्रियता रोक्न सक्नु पथ्र्यो । देशले पञ्चशिलको सिद्धान्तका आधारमा उत्तरको छिमेकीसँग सम्बन्ध राख्दै आएको छ । त्यही कारण काठमाडौंको बौद्धनाथ र स्वयम्भूनाथमा फ्रि तिब्बतटोलीले ठाउँ पाउनु हुन्न भन्ने मान्यता छ । स्वयम्भू डाँडा र कपन जस्ता ठाउँका गुम्बाका गतिविधि शंकास्पद छन् ।
दलाई लामाको दूत बनेर नेपाल आउने जाने स्वतन्त्र तिब्बतको सारथी स्वयम्भूको गुम्बामा बस्छन् । फ्रि तिब्बतधारीले खोलेको ठूलो भ¥याङको स्कुलमा बौद्ध भिक्षु छात्रछात्रालाई तिनले प्रशिक्षण दिएकै छन् । बालेन्द्र नेतृत्वको अमेरिकी युथ काउन्सिलधारी सरकारले १४औं अवतारका दलाल लामाको जन्मोत्सव पनि मनाएकै हो । सरकार र रास्वपाको बीचमा कतिपय कुरा मिल्दैन । धर्मका बारेमा रास्वपा सभपाति प्रम बालेन्द्र, गृहमन्त्री सुधन, कानुनमन्त्री सोभिता अमेरिकी युथ काउन्सिलकै गाइडेट भएकाले एक ठाउँमा होलान् तर सिंगो पार्टीले ख्याल गरेन भने सिंहदरबार, अदालत पोल्ने खराने ग्याङको शति जाने अवस्था नआउला भन्न सकिँदैन ।
२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल
२०८३ कार्तिक १२
ताजा नेपाल