Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आन्तरिक भ्रष्टाचारले सेनामा खैलाबैला

ईश्वरी वाग्ले

काठमाडौं । माओवादीलाई विच्क्याउने त्यो बेला विद्या भण्डारी लाग्नुको कारण तत्कालिन सेनापति रुक्माङगद कटवालले विद्याका लागि सेनाका डाक्टर बच्चु केसीलाई निवासमै पठाएर स्वास्थ्य रेखदेख गर्न लगाएर माओवादीविरुद्ध प्रयोग गरे । सेनाको विकास निर्माण निर्देशनालयको बजेटले चपलीमा विद्याको हवेली पनि ठडियो । अनि रुक्माङगद कटवालले माओवादीविरुद्ध विद्यालाई उचाले । माधव नेपाल प्रधानमन्त्री थिए । सेनाको गौरवमा भैरवनाथ गण वधशाला मात्र होइन देशका व्यारेक र गणले देखाएका पौरख पनि जोडिन्छ । सेनाको पैसाले लखपति, करोडपति भए करोड पति अर्ब पति भए । अहिलेका सेनापतिले आफ्नै सम्पत्ति सार्वजनिक गरी दिए । रक्षामन्त्री बन्ने नेता जोसुकै होस् पैसाको कंगाल हुनु पर्दैन । माओवादी सत्ताको शुरुकालमा रामबहादुर थापा बादल सेनापतिबाट अस्वीकृत मात्र भएनन् कटवालमाथि कारबाहीको ढंग नपुग्दा सरकार नै ढल्यो । यहाँ खेल भारतीय दलाल खड्ग ओली तत्कालिन राष्ट्रपति डा. रामवरण यादव र संघीयता विरोधीहरूको थियो ।

क्षेत्रीलाई ११ अर्बले पोल्यो
सैनिक सूत्रकाअनुसार अहिले राजेन्द्र क्षेत्रीलाई आफ्नै पालामा कमाई गरेको रु ११ अर्बले पोलेको छ । उनको छटपटी अख्तियारले सेनापति अवकाशपछि उनको कार्यकालमा भएका भ्रष्टाचार छानविन गर्ने अधिकार सर्वोच्च समक्ष माग गरेको घटना एउटा हो भने अर्को राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धिकरणमा परेको उजुरी हो । सेनामा ३ हजार जाने ३ हजार थपिने क्रम रहँदा १ लाख १ हजारको हाजिरी देखाइन्छ । ती सबैका लागि त्रिशुल सहित सेनाको लोगो राखेको ट्याकसुट अनिवार्य गरी दिने क्षेत्री हुन् । त्यो ट्याकसुट बजारमा ५ सयदेखि ७ सय पर्नसक्छ । तर मूल्य राखियो २ हजार ५० ।

यसको पैसा सर्लक्कै राजेन्द्र क्षेत्रीले खाएपछि मात्र उजुरी अख्तियार र सम्पत्ति शुद्धिकरणमा परेको हो । त्यसो त छत्रमान गुरुङ सेनापति हुँदा उनको जेठान बज्रध्वज गुरुङ र श्रीमती कमला गुरुङले लेनदेनमा ड्रिल गर्थे । क्षेत्रीले एकै लटमा रु २ अर्ब ७४ करोड भुक्तानी खाए । गौरव समशेरको पालामा शुरु भएको सैनिक अस्पताल महाकाल जंगी अड्डा र फास्टट्य्राकको ठेक्काको भुक्तानी भयो । नेपालको लागि सेतो हात्ती फाष्टट्य्राकको पैसाले उपप्रम ईश्वर पोखरेललाई खर्बपति बनाउला । हिजोका रक्षामन्त्रीहरू भिम रावल, विष्णु पौडेल, बालकृष्ण खाँण नवधनाढ्य बन्लान् । काठमाडौंका रैथाने भीमसेनदास श्रेष्ठलाई रक्सीका बोत्तल, घिउको शिशि, धेरथोर खाम भए पुग्थ्यो । तर अरु मन्त्रीले सेनाको ठेक्का र बढुवाको फाइल अगाडि नबढाउने गरेर लुड्याएकै छन् । लोकतन्त्र आएपछिको सरकारका खिलराज रेग्मी, सुशील कोइरालाले रक्षामन्त्रालय आफैंले राखे । अरुको पालामा रक्षामन्त्री छुट्टै बनाइयो । तीनले सेनासँग अर्ब लिए । करोडको कुरै नगरौं, सूत्र भन्छ । विभिन्न समयमा रक्षामन्त्री भएका चरित्रहरूको फुर्ति हेर्दा लाग्छ सेना भनेको भ्रष्टाचारको अखडा नै हो ।

प्रम ओली पनि विवादमै
आफू भ्रष्टाचार नगर्ने, मन्त्रीहरूलाई नीतिगत भ्रष्टाचार गर्न दिने सरकारका अगाडि फाष्टट्य्राक सेतो हात्ती नहोला । तर जनताबाट जबर्जस्त मालपोत कर, सम्पत्ति कर, व्यवसायिक कर दोब्बर, तेब्बर निचोरेर पार्टी कार्यकर्ता पोसेका प्रम ओलीले सेनापति पूर्णचन्द्र थापाामार्फत् हिजोका सेनापति राजेन्द्र क्षेत्रीका विरुद्ध परेको उजुरी छानविन नगर्न गरेको आग्रह स्वीकार्न कति अर्ब माग्लान् ? जबकि रक्षामन्त्रीका रुपमा पैसा भनेपछि हुरुक्कै हुने हिजो माननीय नहुँदा पनि ठेक्कापट्टा दिलाउन शक्ति प्रयोग गर्ने र रातो पासपोर्ट काण्डका अमिर गुरुङलाई बचाउने उनै ईश्वर पोखरेल रहेका छन् । सेनाको गरिमा बचाउनुपर्छ त्यो संगठनमा तल्ला तहलाई बाँधा बनाउने र पेटीकोट धुन लगाउने चलन हटेको छैन । विद्या भण्डारीलाई घर दिएको सेनाले दलका नेताहरू रक्षामन्त्री बन्दा कसलाई कति कमाई दिलायो त्यसको विवरण पनि हामीले प्राप्त गरेका छौं ।

जहाँ नेकपाका भीम रावल, विष्णु पौडेल, ईश्वर पोखरेल, फोरमका विजय गच्छदार, शरदसिंह भण्डारी, काँग्रेसका बालकृष्ण खाँण, भीमसेनदास प्रधानसम्मको कार्यकालमा सेनाबाट प्राप्त सुविधाको पुलिन्दा रोचक छ । पूर्णचन्द्र थापाको अहिले चमक छ । उनले सम्पत्ति सार्वजनिक गर्दा अरु थर्किएका छन् । नयाँ जोगीले खरानी धेरै धस्छन् भन्ने उखान छ । राजेन्द्र क्षेत्रीले यस्तै गरे तर ट्य्राकसुटको लुटले उनलाई पुगेन । थापाको खोकाईले फास्ट ट्य्राकको ब्रम्हलुट ढाक्न सक्दैन, जहाँ करोडको चेक काटिँदैन, बील बन्दैन । भारतले १ खर्ब ११ अर्बमा बनाउने भन्दा रोकेको एमालेलै हो । ईश्वर पोखरेलले यस्ता फाइल कति रोकेका छन् । जहाँ सेनाले १ खर्ब ७० अर्ब लगिसक्यो । पोखरेलले कसरी स्वीकृत गरे त्यो पनि गोप्य रहँदैन चुनाव खर्चको ऋण छ भनेर उठाउने कति हो ? किनकि यो लोकतन्त्र हो अख्तियारले कारबाही नगरे पनि उजुरी त लिएकै छ ।

विष्णु, खाँण र रावल
गिरिजा र सुशीलले रक्षा आफैंले राखेका थिए । जर्नेलहरूको बढुवामा घुसको सीमा हुँदैन । विद्याले माओवादीविरुद्ध कुर्लेर आफ्नै लोग्नेको हत्याको छानविन गर्न नसक्ने नकचरो शैली देखाएर चपलीमा घर पाइन् । विष्णु पौडेल देखावटी नेता हुन् । उनी ठेकेदार हुन् भन्ने कुरा सात महिना रक्षामन्त्री हुँदा नेवारसँग विवाह गरेकी छोरीको लोग्ने (ज्वाइँ) लाई छत्रमान गुरुङमार्फत् राष्ट्रसंघको पर्यवेक्षक बनाएकै हुन् । उनले सैनिक लत्ताकपडाको ठेक्का पनि दिलाएकै छन् । डा. बाबुरामको समयमा शरदसिंह भण्डारी मन्त्री हुँदा झापादेखि कञ्चनपुरसम्म सबै एक हुँदा मधेश प्रदेश बन्छ कसैले केही गर्न सक्दैन भन्दा उनले पद गुमाए । त्यसपछि फोरमको भागको मन्त्रालय उपप्रम विजय गच्छदारले राखेर गच्छदारको लुटतन्त्रको बर्णन गर्न पर्र्दैन । तर संयोग भट्टराइकै बेला सेना समायोजन भयो । छत्रमान गए, गौरवसमशेर आए । राता रात क्यान्टोनमेन्टको भ्रमण गर्ने छत्रमान हुन् ।

छिसिक्क छाड्यो कि विवाद हुने भएकाले चुनावी सरकारका अध्यक्ष खिलराजले रक्षा आफैंले राखे । चुनावपछि काँग्रेसका सुशीलले पनि आफैंले राखे । ओली प्रम हुँदा भीम रावल रक्षामन्त्री थिए । यिनको बेला नाकाबन्दी थियो । रावलले बढुवामै खाए । प्रचण्ड आए, बालकृष्ण खाँण रक्षामन्त्री बनाइए श्रीमती मञ्जु खाँण व्यारेक घुमेर उठाउने गर्थिन् । खाँडले २ तारे जर्नेल योगेन्द्र खाँणलाई विकास निर्माण हेर्न खटाए । उनको लुटको कुरै नगरौं । सेनाका फाइल अडकाउने र घुत्ने राजनीतिज्ञ धेरै भए । सबैलाई थाहा छ, फास्ट ट्य्राक सेनाका टाउके रक्षामन्त्रीको खुराक हो । त्यो बन्नु नबन्नुको जनचासो छैन । जहाँ अहिले तिनै खाँणले ठालुु बनाएका ५ अर्ब लुटेर योगेन्द्र खाँण विदा भएपछि आएका कमल सिंह प्रधानले टोटल म्यानेजमेन्ट सर्भिसका प्रज्वललाल श्रेष्ठलाई परामर्श दाता बनाउन सिफारिश गरेका छन् । श्रेष्ठ हरिभक्तका छोरा हुन् । हरिभक्त सडक विभागको सहसचिवस्तरको पदमुक्त कर्मचारी हुन् । सेनाले सार्वजनिक ऐन हेर्दैन । त्यसलाई कानुन लाग्दैन । त्यसैले फास्ट ट्य्राकमा १ अर्ब ५० करोडको कन्स्ल्ट्यान्ट भित्रिदैछ । जहाँ सडकमा बसेर भष्मासुर बनेका हरिभक्त श्रेष्ठ आफैं सहभागी भएका छन् ।