Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आन्दोलनमा ढुंगा हानेको विषयमा यस्तो भन्छन् निश्चल

काठमाडौं । अभिनेता निश्चल बस्नेतले आफूले जेनजी आन्दोलनका क्रममा ढुंगा हानेको आरोपको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन्। बस्नेतले लेखेका छन्, मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस, मलाई जे सजाय दिएपनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु। उनले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भनेका छन्, म आन्दोलनमा गएको हो। भ्रष्टाचारको विरोध गरेको हो। मसँग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल