Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विचार र सिद्धान्तका चर्का कुरा गर्नेहरू नै मुलुकमा तस्कर, माफिया र बिचौलियाको सेवक बनेर देश लुटेको कुरा जेनजी सरकारले पत्ता लगाएको छ । भाद्र २७ गते प्रधानमन्त्री सुशीला कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्यालको सहयोगमा मन्त्रीपरिषद् खडा गरिन् । जेनजी आन्दोलनले स्थापना गरेको सरकार र नेपलाी सेनाको टेकोले अडिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले गरेको लामो समयको राजनीतिक अनुभव र संविधानको व्यवस्था समेत ख्याल गरेनन् । युवाहरूले प्रत्यक्ष कार्यकारी खोजेपछि राष्ट्रपतिले संसद भंग गर्दा अनुत्पादक हुन्छ भन्नु पथ्र्यो ।
बिचौलिया, तस्कर र माफियाको पोल्टामा देशको कानुन सुम्पेका पुराना दल काँग्रेस र एमालेकै कारण देश आर्थिक प्रगतिमा ओरालो लागेको छ । स्वार्थका लागि जनता मारेर देशको ढुकुटी सकेका शेरबहादुर देउवा र केपी ओली नेपालका कलंक हुन् भन्ने कुरा जेनजी आन्दोलनमाथिको राज्यको दमन हो ।
लोकतन्त्रले असन्तुष्ट पक्षसँग वार्ता र संवादलाई जोड दिन्छ । तर अहिलेसम्म देश बिचौलियाले चलाएको कुरा सञ्चारमन्त्रीबाट राजीनामा दिएर ललितपुर २ मा रास्वपाका उम्मेदवार बनेका सञ्चारकर्मी जगदीश खरेल बताउँछन् । उनी भन्छन्, प्रधानमन्त्री सुशीला कार्कीले मात्र होइन मन्त्रीहरूले समेत विदेशी नागरिक र कुटनीतिज्ञहरूसँग भेटघाट गरेका छन् । तर मन्त्रालयमा भेटेका छन् जुन विषयको भेटघाट हो त्यो विषयसँग सम्बन्धित नेपालीसँगै राखेर भेटिएको छ, खरेल भन्छन् । तर राजनीतिक दलका नेताहरू यो अभ्यास गरेनन् । उनीहरूले आफ्नो स्वार्थअनुकुल जहाँ पनि विदेशी नागरिकसँग भेटेको प्रचार भएकै हो ।
निवासमा प्रधानमन्त्रीले पनि मन्त्रीहरूले पनि विदेशी तथा देशकै स्वार्थी समूहसँग भेटेका छैनन् । एमाले अध्यक्ष केपी ओलीले भारतीय गुप्तचर प्रमुख रञ्जितरेसँग बालुवाटारमा भेटेर अब्बल राष्ट्रवाद देखाए । कम्युनिष्टको बहुमतको सरकार भत्काउने, संसद भंग गर्ने काम त्यसपछि गरेको भए पनि आफैंमात्र राष्ट्रवादी भनाउन तल्लिन छन् । रेल र पानी जहाजका नाउमा ओलीको चरम लुटले देश डुबेको अवस्था छ । जहाँ जाहज चल्ने ठूला नदी छैनन् । भारतले नारायणी नदीको भैसे लोटन, कोशीको सुनसरीमा बाँध बाँधेर नदीनै आफ्नो देशको सिञ्चाईमा लगेको छ भने महाकाली नदीको पानी ओलीकै राष्ट्रघातले टनकपुरबाट भारत लगेको देखिदेखि कस्तो पानी जहाज चलाउने होलान् कसैले ओलीसँग प्रश्न गर्दैनन् । तर अोली कमिशनरुपी जालमा चुर्लुम्म भएका नेता हुन् । काँग्रेसका शेरबहादुर प्रधानमन्त्री ५ पटक बन्दा डा. आरजु राणा, भूषण राणा जस्ताको जालोमा देश चल्यो । भ्रष्टाचार, कमिशन, दलाली करणका नायक देउवा र ओलीले बालुवाटारमा विदेशी भेटेकै हुन्थे । जेनजी सरकारले यो भित्री रहस्य पत्ता लगायो । जुन रहस्यले तिनीहरूको नक्कली राष्ट्रवाद उदांगो भएको छ ।
देशको संवेदनशीलताको ख्याल नगरी सत्ता र शक्तिको आडमा जस्तोसुकै हर्कत गर्नेहरू देशभक्त, राष्ट्रवादी होइनन् । अहिले देशी विदेशी शक्तिको चलखेल केन्द्र बन्दैछ । पश्चिमा राष्ट्रको स्वार्थमा प्रशासनदेखि सेना, प्रहरीसम्मलाई गजडेको छ । जेनजी सरकारमा देशको धर्म र संस्कृतिको संरक्षण भन्दा युरोपेली युनियन मार्फत् अमेरिकी खजना परिचालन गर्दा कुन नेता कताको हो भन्ने निश्चित छैन । देशका युवालाई बेचेर आफू मोटाउने केपी ओली, रमेश लेखक, आरजु राणाहरूको हर्कत देखियो । भिजिट भिसाका नाममा देखाइएको चमत्कारले शिर झुकेको छ । अमेरिकाले अवैध ढंगले भिœयाइएका नेपाली फिर्ता गरिरहेको छ । नक्कली भुटानी शरणार्थीका नाममा ठूलो रकम खर्च गरेर अमेरिका छिराइएका युवा कस्ता अपराधमा सहभागी थिए र नेपालको कानुन कुल्चेर राज्यकै पहलमा पठाइयो ? त्यो छानविन हुने हो भने केपी ओली, डा. आरजु राणा मात्र होइनन् रामबहादुर थापा बादल, बालकृष्ण खाँणका जोईपोइ जेल जानुपर्छ । दलगत रुपमा सत्ता सञ्चालन गर्दा गरेका अपराध र कानुन विपरितका हतकण्डा जेनजी सरकराले खोतल्ने प्रयास गरेको छ । तर त्यो सरकारको आयु नै एक महिना १६ दिन रहेको छ । अहिलेका मन्त्रीहरूले बिचौलिया केन्द्रीत दलीय अपराधको पोकोलाई स्वेतपत्र जारी गरी नंग्याउने साहस गर्नुपर्छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल