Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्ना बनेका नयाँ जोगी खोज्दै रास्वपा

काठमाडौं । देशको कुटनीति बिग्रेको छ । परराष्ट्रमन्त्री शिशिर खनाल छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई कुटनीतिक क्षेत्र बिग्रेको चिन्ता छैन । अमेरिका, भारत, चीन, जापान, बेलायत जस्ता नेपालका सहयोगी र विकास साभेदार मुलुकमा देशको प्रतिनिधित्व नहुनु भनेको सरकारको असक्षमता हो । अमेरिकी युथ काउन्सिलको भर परेर प्रम बालेन्द्र संसद छल्ने दलको बैठक छल्ने पार्टी केन्द्रीय समिति बैठकमा सहभागी नहुने जस्ता घटीया चरित्र प्रदर्शन गर्दैछन् । राजदूतका नाउमा गाउँको निमावी शिक्षक पठाउने केपी ओलीले बिगारेको कुटनीतिमा आप्mनै म्यानपावरको काम गर्ने र राजदूत हुँदा गरेको खर्च उठाउन मानव तस्करी गर्ने थुप्रै थिए । हिजो केपी ओली र काँग्रेसी भाउजुले चलाएको पसल आज खुल्छ कि खुल्दैन थाहा छैन तर कोरिया, अष्ट्रेलिया, जापानका राजदूत भएकाहरूले कुटनीतिक मर्यादा भत्काउँदाको प्रतिफल ५ महिनादेखि राजदूत विहीन भएका छिमेकीहरूले समेत सरकार प्रमुखमाथि प्रश्न उठाउने अवस्था आएको छ । एमालेका अध्यक्षले आफ्ना परराष्ट्रमन्त्री बनाएका प्रदीप ज्ञवाली मार्फत् कति खाए ? डा. गंगा थापा भने विष्णु पौडेल र रघुवीर महासेठको जालमा फसेनन् । ज्ञवालीका पिएले पैसाको कुरा गर्दा आफ्नो त्यो योग्यता नभएको बताएका डा. थापा आज राजदूको रोजाईमा पर्न सक्छन् ।
दलीय रुपमा अमेरिका, चीन, भारत, बेलायत, जापान जस्ता देशमा राजनीतिक तहमा उच्च स्थानका नेता प्रोफेसर, कुटनीति बुझेकै योग्य छनोटमा पर्छन् । एमालेको ओली शासनले त्यसको महत्व लत्याएकै हो । त्यो बेला विष्णुहरि नेपाल भने प्रदीप नेपाल र माधव नेपालसँग थर मिल्दा पैसा खर्च गर्न नपर्ने भाग्यमानी थिए । झापाकी निमावी शिक्षिकालाई अष्ट्रेलियाको राजदूत बनाउँदा ओली ब्राण्डले हसुरेको पैसा उठाउन नसक्दा ती शिक्षिका रोएकी थिइन् । दलीयताभित्र गलत आचरणले ठाउँ पाउँदा देशकै बदनाम हुने हो । काँग्रेस र एमालेले माग वण्डा लगाएका राजदूतमध्ये २१ देशमा आज नेपालको कुटनीतिक सम्बन्ध छैन । रास्वपाले आफ्ना बनेका नयाँ जोगीको आवेदन लिने र छान्ने भनेको छ । रास्वपाको छनोट प्रक्रिया गोरखापत्र संस्थानका श्रमजीपी पत्रकार ज्यालादारीबाट अस्थायीमा भिœयाउने कला नै काफी छ । १५÷२० वर्ष ज्यालादारीमा बिताएका पेशागत भन्दा पनि नयाँ रास्वपाकाधारी खोज्दै गर्दा गोरखापत्र राससको भर पर्नु पर्ने अवस्था छ । देशको पहिचान तीनैले देखाउँछन् जो इमान्दार हुन्छन् । कुटनीतिक तहमा राज्य गैर जिम्मेवार बन्दा प्रधानमन्त्रीको छिमेकीतिरको भ्रमण पनि पछाडि परेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नै कताबाट निर्देशित छन् भन्ने कुरा अन्योल छ । देशभक्त र राष्ट्रवादी चरित्र त उनमा छैन । सिंहदरबार चलाएको यो समूहलाई साथ लिएर रास्वपाले देख्नमा ठूलो जत्था संसदमा भिœयाएकै छ । खगेन्द्र सु्नुवार र आशिका तामाङ, खेपी खनाल, ज्वाला संग्रौलाहरूको प्रस्तुतीले त्यो पार्टीको लागि नेपालको संसदीय राजनीतिक एक पटकलाई मात्र रहेछ भन्ने छर्लङ्ग हुँदैछ । देशको राष्ट्रिय समस्यातर्फ ध्यान नदिने जनताको दैनिकीसँग बेलवाड गर्ने छूट रास्वपालाई समयले जुराएको हो । यो स्थितिको जन्मदाता एमालेका अध्यक्ष केपी ओली नै हुन् । राजदूत पद बेच्ने केपी र डा. आरजु राणा हुन् । यिनले गरेका राजनीतिक नियुक्ति सबै विवादित थिए । एमाले र काँग्रेसले संसदमा समेत यस्ता विषय उच्चारण गर्दैनन् । जिम्मेवार विपक्षी थिए भने देशको कुटनीतिक क्षेत्रको ख्याल गर्थे । सत्तापक्षले नै यो इस्यु उठाउनु पथ्र्यो । सरकार बनेको ५ महिनासम्म देशका महत्वपूर्ण ठाउँमा नियुक्ति छैन । भए गरेका नियुक्तिले पनि यो सरकारको हविगत देखाइदिएकै छ । प्राज्ञिक क्षेत्रमा लगिएका अनुहारहरू बदनाम छन् । देशको ध्वजाबाहक कम्पनी वायुसेवा निगममा कानुनले बर्जित गरेको उमेर समूहका बृद्धको नियुक्ति अदालतले अस्वीकार गरेको छ ।


सम्बन्धित समाचार

विपद्मा पनि देखियो पूर्वाग्रह

२०८३ भाद्र १८

ताजा नेपाल

अदालती फैसलापछि हुन्छ जात्रा

२०८३ भाद्र १८

ताजा नेपाल