Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै अहंकारले ओली सरकार ढल्दै !

काठमाण्डौ । सत्तारुढ दल नेकपा एमालेको अन्तर पार्टी संङ्घर्षले नेपालको राजनीतिलाई लथालिङ्ग बनाएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार ३ वर्ष २ महिना २४ दिनको अवधिमा संसदमा अल्पमतमा परेको छ । यो स्थितिको सिर्जना प्रधानमन्त्री आफै हुन् ।

एकिकृत पार्टी फुटाउने आफ्नै पार्टीको सिमित फरक मत राख्नेमाथि प्रहार गर्ने गरेका कारण उनी प्रति वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको साथ रहेन । सरकारलाई विश्वासको मत नदिने तयारी गरिरहेको माधव पक्षको बैठकमा २१ सांसद उपस्थित भएका थिए । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका थिए । ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् । बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सामूहिक राजीनामा दिने निर्णय गर्न खोजिएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए । उनीहरुको असन्तुष्टिसँगै राजीनामा नदिने निर्णय भएको छ । खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।

सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहले राजीनामा दिने बताउँदै आएको छ । यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् । खनाल नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिएका छन् ।