Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनावी चमत्कारमा बालेन शाहको चरित्र पनि उदांगो हुँदैछ । झापा ५ का उम्मेदवारका बीचमा फेस टु फेस निर्वाचन बहसबाट भागेर शुद्धताको अहंकार देखाएका शाहको गुटका कम्पनीको नाउमा रावश्व छल्ने कमल मालपानीले दिएको महंगो गाडी त देखिएको ईश्यु हो । महानगरमा बेरुजु कति छ ? बालेनले छानेका काठमाडौं ३ का राजश्वमा उम्मेदवार राजु पाण्डे हुन् कि रुपदेहीका उम्मेदवार सुनिल लम्साल उनीहरू राकेश कडुकियाका विश्वासिला हुन् । यी चरित्रमा शुद्ध छैनन् । कुनै बेला बालकोट पुगेर एमालेका अध्यक्ष केपी ओलीसँग तबला उपहार लिने यिनै बालेनले आज केपी ओलीको उपस्थिति हुने कार्यक्रममा सहभागी हुन्न भन्ने स्टण्ट लिएर झापाली मतदाताको भावनामा ठेस पु¥याएका छन् । यिनै त्यहीबाट चुनाव जित्छु भन्दैछन् । उम्मेदवार रास्वपाको हुने तर रास्वपाको चुनाव चिन्ह अंकित लकेट नलगाउने, जनताले सम्मानमा लगाएको माला फाल्ने कुन सोमत हो ? आफैंसँग चुनावी प्रचारमा गएका सञ्चाकर्मीको मृत्यु हुँदा बालेनको पौरखी चरित्रले दुःख प्रकट गरेन । रविको ड्राइभर मरे, बालेनको विश्वासी पत्रकार । जसरी आफैं प्रम बन्दा जेनजी युवा विद्यार्थीमाथि गोली प्रहार गराएर एकै दिनमा १९ विद्यार्थीको लाशको खलियो लगाउँदा ओलीमा मानवीयता देखिएन । त्यसरी नै नयाँ अनुहार ठानिएका समूहगत रुपमा भन्दा आफू एक्लै निर्णय गर्ने बालेनमा पनि त्यो मानवियता देखिएन । जो व्यापारी शंकास्पद छ उसकै सामग्री किन्ने, राजश्व छलेको उसकै उपहारको गाडी चढ्ने बालेन कति नैतिकवान भए ? बालेन सामूहिक बहसमा उत्रन नसक्ने प्रवृत्तिको भएको कुरा देशभर छर्लङ्ग भयो । यस्तो घामट मान्छेले देशको प्रधानमन्त्री कसरी चलाउँछ ? जसले ५ करोड १५ लाखको ग्रेनाइट भुक्तानी गरेको विवाद छ । काठमाडौंको फोहोर दीर्घकालिन रुपमा बिर्जन गर्न असफल मात्र भएन फोहोर बिसर्जन क्षेत्रका जनतासँग दोहोरो सम्वाद गर्न सकेत । रास्वपा आफैं पनि भरपर्दो विश्वासीलो शक्ति होइन । पुरानोको असफलताको फाइदा लिएर आएको रविको लहर मिडियाकर्मी बनेका बेला समाजका विकृति, विसंगतिको भण्डाफोर गरेकै कारण बढेको हो । अरुको भण्डाफोर गर्ने आफू नागरिकता नक्कली, पासपोर्ट विवादित बोक्ने रविको ग्यालेक्सी टेलिभिजनको लगानी जनताले दैनिक श्रम, पसिना बगाएर सहकारीमा जम्मा गरेको रकम नै देखियो । लागनीकर्ताको नियत जे सुकै होस् ठगी त यहाँ भएकै हो । बालेनका विश्वासीलाको चरित्रले पनि फुर्ति लगाउने ठाउँ रहेन । रवि आफ्नै नामको फाउन्डेशनको नाममा संघीय सरकार र प्रदेश सरकारको बजेटबाट बन्दै गरेको कालिकोटको अस्पतालमा आफ्नो सानो लगानी गर्दा ठूलो प्रचार खोज्ने फोबिया हुन् । जुन फाउन्डेशनमा निकिता पौडेल रमेश प्रसाई कविन्द्र बुर्लाकोटी पनि थिए । कालिकोटमा अस्पताल बनाउने मधेशका मुसहर वस्तीमा पक्का घर बनाउने हल्ला चलाएर विदशेमा बस्नेहरूसँग चन्दा उठाएर फाउन्डेशनमा आएको चन्दा झ्वाम पार्न सफल रवि चुनाव जिते पनि संसद भवन प्रवेश गर्न पाउँदैनन् । अहिले बालेनको अवस्था उस्तै छ । उनले पनि सर्वोच्च अदालतका न्यायमू्रर्तिहरूमाथि गरेको टिप्पणीले अपहेलना मुद्दा तारेख धाउँदैछन् । कतै उनी सजायँका भागिदार नहुनु । झापका जनताले रास्वपा र बालेन भन्नै पर्दैन । केपी ओली ३५ वर्षदेखिको उम्मेदवारका मतदाता आज झापा आक्रोशित भएका हुन् । ओली आफैं पनि त्यहाँका मतदाता होइनन् । बालेनको पनि मतदाता सूचिमा नाउँ छैन । त्यही कारण स्थानीय रञ्जित तामाङको पक्षमा जनमत पल्टिन सक्छ । जो निर्वाचन क्षेत्रकै होइन त्यसले जिल्लाको विकास कसरी गर्छ ? नत उसको पार्टी नै भरपर्दो छ । नत जनताको सम्मान गर्न जान्दछ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल