Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै प्रशंसा खोज्दाको प्रतिफल

विश्वमै नभएको संसदको दुई ठूला शक्ति मिलेर बनेको माफियारूपी गठबन्धनको तेजोबध गर्न पूर्व राजाका भारदार सफल भए । जसल सरकार निर्माण गर्नकै लागि बालबोट र बुढानिलकण्ठ पत्याएनन् । व्यवसायी रामेश्वर थापाको घर यिनलाई प्यारो भयो । सरकार बनाए काम थाले, माफिया र तस्करकै । समृद्धि र विकासका आधार खोज्दा प्रधानमन्त्रीले अग्रवाल बन्धुहरू समाते । काँग्रेसलाई विनोद चौधरी र दीपक भट्ट भए पुगेकै छ । संसारको लोकतन्त्रले तस्कर र माफियाको संरक्षण गर्दैन । नेपालको लोकतन्त्र भने सुन तस्कर जोगाउँछ, सहकारी ठगी, मिटरब्याज बचाउँछ, देश युवालाई नक्कली भुटानी शरणार्थी बनाएर मस्ती गरेकै अनुहारहरू सरकारमा छँदा दीपक खड्का बद्री पाण्डे दामोदर भण्डारीको कमाई र तेजुलाल चौतरीको दुखेसो कसले छानविन गरिदेला ।
अर्थतन्त्त सुधारको आधार रोजगारी र उत्पादन सुध्रिँदै सामाजिक क्षेत्र चलयामान हुने डँका पिटेका प्रधानमन्त्रीले विद्युत महसुल नतिर्ने, एनसेलको कर नतिर्नेलाई समृद्धिको आधार बनाए । गणतन्त्रमाथि प्रहार गर्ने तत्वको रक्षा गरेर आफ्नो संसद पद सुरक्षित गर्दा प्रम ओलीले राम्रै गरेको ठान्दाको प्रतिफल दुर्गा प्रसाई हुन् । अँध्यारो कोठाका शासकीय सम्झौताको प्रतिफल ९ महिनाभित्रै देखियो । एमाले भन्नेहरूलाई काठमाडौंमा बालेन शाह, धरानमा हर्क साम्पाङले देखाएको कामले लज्जीत बनाएन । बा का चेलाहरू चम्केकै थिए । तर ज्ञानेन्द्रको ढोल बनाइले यिनको सातो गयो । जसले शिक्षामा माफियाकरण, स्वास्थ्यमा दलीयकरण गरेर छाडे । किसानको उत्पादनले बजार पाएन । भारतीय दादागिरीले चर्को रूप लिँदैछ । सुशासनको खिल्ली उडाएर राम्रा मान्छेको हुर्मत लिँदा मासकिज रूपमा समेत सत्तापक्ष माथि प्रहार भएको सहन नसकि समाजिक सञ्जालमाथि राज्य प्रहारमा लाग्यो ।
गणतन्त्रको हकदार भन्नेहरूसँग जनताको पहुँच नहुँदा तीनको विश्वास गुमेको हो । संस्कृकितक विचलन र अनैतिक हर्कतका धनी तिनकै वरपर छन् । जो पार्टीका जिम्बुवाल हुन् । गाउँको सामन्त जिम्बुवालको हाल जस्तो थियो गणतन्त्रको हकदारहरू प्रचण्ड, केपी र देउवाको त्यही छ । त्यही कारण ज्ञानेन्द्रको हिम्मत बढेको हो । राजावादीहरू त घरमा अझै हेरालो राख्छन् । तर आफूबाट भएका गल्ती स्वीकार्ने हिम्मत यिनमा छैन, जो ज्ञानेन्द्रसँग डराए । आफैंले लेखेको संविधान नमान्नेहरू संसदलाई सर्वोपरि ठान्दैनन भन्ने कुरा अ‍ोलीले देखाए । जसको जीवनशैली सामन्तको छ, त्यसबाट अब सच्चिने आश नभएर नै जनता आक्रोशित भएका हुन् । जसले त्यो आक्रोश हटाउने पहल गर्दै थियो । उसैलाई रामेश्वर थापाको निवासको निर्णयले घोक्य्राउँदा यो स्थिति आयो, तर माओवादीप्रति अझै शंका छ, कतै प्रचण्ड फेरि फस्दै त छैनन् ?
बालाई खुशी पार्न नयाँ शब्द चयन गर्ने विद्वान छँदै थिए । तर तीनका विद्वान शाहीकालका हण्डीवाला हुँदा ज्ञानेन्द्र विरुद्ध जानसक्ने अवस्था भएन । समाजवादी अर्थतन्त्रको आधार भत्काउँदै सरकारले कुशासनका नयाँ रूप सहकारी ठगीमा देखायो । काँग्रेसलाई त्यो मन पर्ने कुरै भएन । सार्वजनिक सम्पत्तिक कब्जा गरेर माफिया मोटाउने आफू मृत्यु पर्यन्त सरकारको सेवा हजम गर्ने अक्कील पनि तिनैलाई आयो । जो देशको मष्टवान करप्टेडका रूपमा पहिचान बनाउन सफल भयो ।
सरकारको विभेद पूर्ण निर्णयको शिकार तिनै भएका छन् जो आफ्नो पेशा कर्ममा इमान्दार छन् । भ्रष्टाचारी संरक्षण यो सरकारको पहिलो शर्त भयो । क्षमतावादमाथि अपमान गर्नु दिपक खड्का जस्ता खुदखोरहरूको समाजवाद भयो । उद्योगी उचाल्दै विद्युत महसुल नतिर्ने र सिमेन्ट रडको मूल्य बढाउन लोडसेडिङको हौवा चलाउँदा समेत प्रधानमन्त्री निदाए । देश लुट्न अध्यादेश जारी गर्नु कस्तो सुशासन भएछ एमालेका कर्मयोगी मनुवाहरू बोल्नु पथ्र्यो । भ्रष्टाचार गर्नु असली समाजवाद हो भने कमिशन जनताको बहुदलीय जनवाद मान्नु पर्ने बाध्यता बनाइयो ।
प्रधानमन्त्रीकै सहयोगमा जो लुटाहा छ त्यसैले संसदका समितिहरूमा सांसदलाई थर्काउँछ । घडी चोर पनि यहीं छन् । देशमा लुटेर विदेश लैजाने पनि त्यही छन् । सांस्कृतिक विचलन त्यहीं छ । परस्त्रीवादी नेता केन्द्रीय समितिमा तिनकै छन् । लोकतन्त्रको बदनाम गर्ने जन विरोधी हर्कत बोकेको सरकारलाई सामन्त स्वाभावको ढाँचा टिकाउन कठिन हुँदा झस्केको हो । आफू र आफ्नालाई पुग्यो भने गुटको सम्झना हुन्छ । त्यस्तो झाँकी सबैमा छ, नापचौलमा तलमाथि होला । गणतन्त्रलाई खतरा त भने भ्रष्ट नेता तिनको गुटबाट छ, पूर्व राजावादीले केही नाप्दैनन् ।


सम्बन्धित समाचार