Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै बाइक बाटोमा लडाएर सहयोग गर्नेलाइ लुटपाट गर्थे यो लुटेरा ग्रुपले

यो लुटेराको लुट्नेशैलि फरक खालको थियो, गु्ररुपकै एकजनाकले बाइक कुदाएर हिड्ने जानि-जानि बाइक लडाउने सांचिकै लडेको हो ठानेर सहयोग गर्न बटुवा आएपछि , लुकेर बसेका लुटेराहरु तुरुन्त आउने लडाएको बाइकलाइ सहयोग गर्ने बटुवाहरुलाइ लुटपाट गरी भाग्ने उनिहरुको दैनिकि थियो
उपत्यकाको हाइकिङ स्पटहरूमा शृङ्खलाबद्ध लुटमा संलग्न गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । गिरोहका मुख्य नाइके हुन् मकवानपुरको गढी गाउँपालिका–१, फुलबारी घर भएका धनबहादुर स्याङतान उर्फ माइला ।

२०८० चैत २९ यता पटकपटक उनको समूहले काठमाडौँको शिवपुरी, चम्पादेवी र नागार्जुन क्षेत्रमा हाइकिङ हिँडेकाहरूलाई लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । शनिबार लुटेर भाग्दै गरेको अवस्थामा उनी स्युचाटारबाट पक्राउ परेका हुन् । नागार्जुनको बिन्ध्यवासिनी जङ्गलमा लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले चेक प्वाइन्ट पक्राउ गरेको हो ।

हाइकिङ जानेहरूलाई लुट्नेमा धनबहादुरका छोरा, सालो र छिमेकीको पनि संलग्नता देखिएको छ । एसपी अधिकारी भन्छन्, अरु संलग्नबारे अनुसन्धान गर्दैछौँ । लुटेर सङ्कलन गरेको ७ तोला ६४ लाल सुनका गहना, ४ तोलाको चाँदीको ब्रासलेट र १३ हजार नगद स्याङ्तानको साथबाट प्रहरीले बरामद गरेको छ । उनको समूहले हाइकिङ स्पटमा खुकुरी देखाएर गहना र मोबाइल लुट्ने गरेका थिए । लुट्न प्रयोग गरिएको दुई थान खुकुरी पनि बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।

बुढानीलकण्ठस्थित तारेभिर, बागद्वार र गिरिजा शान्तिपार्क सडकबाट माइलाको समूहले १२ थान मोबाइल, सुन र दुईवटा घडी लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । असार २८ मा तारेभिर जाँदै गरेका दुई जनालाई बन्धक बनाएर यातना दिएको पीडितहरूले बताएका छन् । बुढानीलकण्ठ नगरपालिका–३ मा एक जना किशोरीलाई माइलाले मोबाइल लुटेर बलात्कार प्रयास गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।

असार १५ मा बिहान दक्षिणकाली नगरपालिका–५ स्थित चम्पादेवी मन्दिर नजिक लालबहादुर खड्का समेत ५ जनाबाट उनीहरूले ८ थान मोबाइल लुटेका थिए । चम्पादेवीबाट लुटेको १ थान मोबाइल बरामद गरिएको एसपी नवराज अधिकारीले बताए ।

११ वर्ष जेल बसेर निस्केपछि पुरानै धन्दा

ललितपुरको खोकनास्थित बालगृहमा लुटपाट गरेको आरोपमा माइला ११ वर्ष ६ महिना जेल परे । २०६९ मा उत्तम टमाटाले सञ्चालन गरेको बालगृहमा माइलाको समूहले पेस्तोल र खुकुरी देखाएर २ लाख ७६ हजार लुटेका हुन् । लुटपाट गरेर उनीहरूले पीडितलाई बलात्कारसमेत गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

नख्खु लुटपाट घटनामा उनी ११ वर्ष ६ महिना २४ दिन नख्खु कारागारमा बसेर छुटेको एसपी अधिकारीले बताए । एसपी अधिकारी भन्छन्, जेलबाट छुटेपछि उनले पुरानै धन्दा थालेका हुन् ।

२०८० चैत २९ मा चन्द्रागिरि नगरपालिकास्थित चाखेलमा इन्द्रकुमारी लामाले सञ्चालन गरेको टहरोमा पनि माइलाको समूहले १ लाख ७ हार नगद र गहना लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनास्थलमा भेटिएको मोबाइलमा प्रयोग भएको सिमकार्ड स्याङ्तानकी पत्नीको नाममा दर्ता रहेको भेटिएको एसपी अधिकारीले जानकारी दिए ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल