Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयो मिस्टर नेपाली युटुबमा (फिल्मसहित)

फिल्म ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो फिल्म सार्वजनिक गरिएको हो । यो फिल्ममा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको साथमा नयाँ कलाकारहरु साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । शुक्रबार सार्वजनिक भएको यो फिल्मलाई एक लाख सत्तरीहजार भन्दा बढी दर्शकले हेरिसकेका छन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा कथा, पटकथा तथा निर्देशन देव भुषालको छ । यो फिल्म ‘मिस्टर नेपाली’ डेढ बर्ष अगाडि नेपाली हलहरुमा रिलिज भएको थियो । प्रेमराज दाहालको लगानीमा बनेको यो फिल्मले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।