Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजुले बनाएका डिआईजीले त्यागे पद

काठमाण्डौ । पैसा खाएर संगठनकै वदनाम पात्रलाई काँग्रेसले नेपाल प्रहरीको आईजीपी वनाउने योजना वनाउदा आतंकित भएको प्रहरी संरचनाले मुक्ति पाउन जरुरी छ । ३० वर्षे सेवा हद नहटेको खण्डमा आईजीपी धिरज प्रताप सिंह मात्र होइनन उनको टीमका एआईजी देखि डिआईजी र एसपी सम्मले चैत ११ मा विदा लिने छन् । सिंहका व्याजी नल प्रसाद उपाध्याय मसाउल अलिखाँ मुकुन्द आचार्य अहिले वरिष्ठ डिआईजी हुन । उनीहरू एआईजी वढुवामा पर्न कोशीस गर्दै थिए । तर देशको राजनीतिक उथल पुथल भयो । काँग्रेसकी डा. आरजु देउवाको हस्तक्षेपले नेपाल प्रहरी र शसस्त्र प्रहरी थिलो थिलो भएको त्यो समयमा वालकृष्ण खाँडभन्दा मन्जु खाँडको दवदवाले अशोक सिंहजस्ता माथि कानूनी कारवाही भएन । सिंह डिआईजी बनाउने योग्यताका अधिकृत थिएनन् । तर पैसा भएपछि जे पनि निर्णय गर्ने काँग्रेसको चरित्र प्रचण्ड सरकारमा कति दन्कन्छ ? सूरक्षा अंगहरूलाई तीनको कानून र नीतिमा चल्न दिने गरी कस्तो गृहमन्त्री आउला ? काँग्रेसका हातमा अर्थ र गृह दूवै जाने छैनन् । किनकी नेकपा एमालेले बवण्डर गर्दै छ । राप्रपाका मन्त्रीले राजीनामा दिएका छन् । रास्वपा १ महिना २ दिनमा हिड्यो । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह ठान्ने राजेन्द्र लिङदेलले ५ करोडमा वेचेको मन्त्री पद पनि गुमेको छ । प्रहरीमा दोस्रो तहका व्यवसायीक टोलीको रूपमा लिएका दिपक थापा टेक प्रसाद राई, वशन्त कुंवर, श्याम ज्ञवाली, सन्दीप भण्डारी, भिम ढकाल, मिरा चौधरीवीचमा प्रतिस्पर्धा हुनेछ । काँग्रेसले अशोक सिंह, सुदिप गिरीलाई वोकेर एसएसपीसम्म पहिलो नम्वरका सन्दीप भण्डारीलाई डिआईजी वढुवामा सातौ स्थानमा थन्क्याएको थियो । आरजु राणाको डनवाद मुक्त हुनु प्रहरीको पहिलो योजना हुनुपर्छ । राणालाई वृफकेश वुझाएर वशन्तलामा २४ घण्टे एआईजी भए वशन्त पन्थ १३ दिन एआईजी वनाईएका थिए । उनीहरूलाई त्यो पद दिलाएर राज्यको स्रोतको खर्च प्रहरीले दिलाउने सुरक्षा टीमको डा. आरजु देउवा जस्ताले तेजोवध गरेकै थिए । आईजीपी धीरज प्रताप सिंह आफ्नो कार्यकाल विवाद रहित बनाएर विदा लिन चाहान्छन । उनको टीमका एआईजी उत्तम सुवेदी, सहकूल थापा, दिनेश लोहनी डिआईजीहरू मसाउद अली खाँ, नल प्रसाद उपाध्याय र मुकुन्द आचार्य सेवा अवधिकै कारण विदा लिने छन् । उनीहरूले वशन्त लामा र वशन्त पन्थको वाटो अपनाउने अवस्था छैन । गृह प्रशासनमा काँग्रेस थियो र डा. आरजु देउवाको चकचकी थियो भने वृफकेशले काम गथ्र्यो । तर त्यस्ता कुलंगारहरूलाई काँग्रेसले इज्जतमा उभिने हो भने सत्ता वरपर ढिम्कन दिनु हुन्न ।