Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजु म्याडमको तुजुक

काठमाडौं । यसअघि पनि मुलुकले थुप्रै प्रधानमन्त्री व्यहोरीसकेको छ । यसअघिका प्रधानमन्त्रीहरू केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहालहरूले मुलुक चलाउँदा फस्ट लेडिका कारण कहीं कतै विवाद सुनिएन । कुनै निर्णयमा उनीहरूको हस्तक्षेप भयो भन्ने समाचार आएन तर राणा खानदानकी चेली डा. आरजुको सत्ता उन्माद सहीसाध्येको छैन । के बोल्ने के नबोल्ने भन्ने छुट्याउन नसक्नेलाई किन मञ्चमा उभ्याइन्छ ? पाँचौ पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा पत्नी आरजु राणाको बिगत र वर्तमान कुनै पनि सन्तोषजनक छैन । प्रधानमन्त्रीले भन्दा पनि आफैं मुलुकको शासन सत्ता सञ्चालनमा अग्रसर हुने पात्र हुन् आरजु राणा । उनमा देखिएको सत्ता उन्माद र पैसाको भूतले पार्टीका मतदाता समेत रुष्ट भएका छन् । कहिले फ्रि–टिकट, फ्रि–भिषा त कहिले आफ्नो पार्टीले नजिते गाउँपाकिालाई बजेट नै रोक्का गरिदिने धम्की उनबाट आइरहेकै छ । संघ र प्रदेशको निर्वाचनसम्म आइपुगदा उनले हेलिकोप्टर रिजर्ब गरेर हिँड्न सक्नेलाई मात्रै जिताउन आग्रह गरिन् । यस्ता अभिव्यक्तिका कारण फस्ट लेडि डा. आरजुको चौतर्फी विरोध भइरहेको छ । आफ्नै कार्यकर्ताहरूले समेत धिकार्न थालिसकेका छन् । उनको लक्क्ष थियो मुलुकको कार्यकारी प्रधानमन्त्री बन्ने तर निर्वाचन क्षेत्रबाटै जनताले ढाड सेक्ने स्थिति देखेपछि उनी समानुपातिक सूचिमा अगाडि नै बाटो छेकेर बस्न सफल भइन् । उनको उद्देश्य भनेको मुलुक सञ्चालनको सम्पूर्ण कार्यभार आफ्नो काँधमा भएको बेला कुम्ल्याउने र मुलुकलाई श्रीलंकाको हालतमा पु¥याउने रहेको देखिन्छ । मुलुक सञ्चालनको तालादाबी लिएका प्रधामन्त्री शेरबहादुर देउवाकी पत्नीका यस्ता अभिव्यक्तिले मुलुक कसले सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट भएको छ । डामेर छाडेको साढेको जस्तो व्यवहार र शैली प्रदर्शन गर्दै आरजुहरूले मञ्च कब्जा गर्दा सत्ता गठबन्धनको पक्षमा जनमत कति जुट्ला ? सिटामोल नपाएर जनता मर्छन्, तर प्रधानमन्त्री पत्नीको अभिव्यक्ति आउँछ, हेलिकोप्टर रिजर्भ गर्न सक्नेलाई भोट दिनुस् । तर जनताले हेलिकोप्टर चढ्नेलाई होइन इमान्दार छ भने जुत्ता नलगाउनेलाई पनि चुन्न सक्छन् । जनतालाई महाजन चाहिएको होइन, जनप्रतिनिधि चाहिएको हो, गाउँका समस्या सिंहदरबारसम्म पु¥याइदिने दूत चाहिएको हो । आरजुले भनेजस्तो हेलिकोप्टर चढ्न सक्नेलाई मात्रै भोट दिने हो भने यहाँ गरिब र निखुमाले राजनीति गर्ने होइन दास बनेर बस्नुपर्छ । १०४ वर्षे शारणा शासन ढलेको ७२ वर्ष बितिसक्दा पनि आरजुको दिमागमा राणा घुमिरहेकै रहेछ । उनले गाउँका गरिब र निमुखालाई मतदिने दास मात्रै ठानेकी रहिछन् भन्ने कुरा पुष्टि भएको छ । तर अब जनताले विवकको प्रयोग गर्ने बेला आएको छ । यस्ता मैमत्ता साढेहरूलाई आफ्नो जनप्रतिनिधि बनाउने कि जनताको दुःख सुखमा भेटिने जनप्रतिनिधि बनाउने मंसिर ४ गतेले निर्धारण गर्दछ ।